ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाचारको प्रमुख स्रोतको रुपमा राससको भूमिका अझै सुदृढ हुँदै जाओस् : राष्ट्रपति भण्डारी


एबीसी / संवाददाता
७ फाल्गुन २०७९, आइतबार   ९ : १८   बजे

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्यमा आधारित समाचार र विश्लेषणहरू आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै विश्वसनीय समाचारको प्रमुख स्रोतको रूपमा राष्ट्रिय समाचार समिति (रासस)को भूमिका अझै सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गरेकी छन् ।

राससको ६२औँ वार्षिकोत्सवका अवसरमा एक शुभकामना सन्देश दिँदै राष्ट्रपतिले राष्ट्रको आधिकारिक समाचार संस्थाका रूपमा स्थापित राससले लोकतान्त्रिक प्रतिस्पर्धाको युगमा सोहीअनुरुप आफूलाई क्रियाशील राखेको पाउँदा आफूलाई खुसी लागेको बताइन् ।

शुभकामना सन्देशमा राष्ट्रपतिले भनेकी छन्, “सूचना प्रविधिको नवीनतम् विकास र प्रयोगबाट आमसञ्चार क्षेत्र प्रशस्त लाभान्वित भएको छ । समाजका हरेक तहसम्म सञ्चारमाध्यमको पहुँच विस्तार भएको छ, जसबाट स्वदेश र विदेशका खबरहरू क्षणभरमै हरेक नागरिकले प्राप्त गर्ने र सुसूचित हुने अवस्था सिर्जना भएको छ ।”

प्रविधिको विकासले सकारात्मक परिवर्तन ल्याएसँगै यसको अर्को पक्षकारूपमा भ्रामक सूचना र समाचारको ठूलो चुनौती थपिएको राष्ट्रपतिको भनाइ छ । सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार आमजनतालाई शीघ्र प्रवाह गरी सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका अझ बढ्न गएको राष्ट्रिपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरिन् ।

“आफ्नो प्रभावकारिता र पहुँच विस्तार गर्न राससले छापा माध्यमका समाचारका अतिरिक्त श्रव्य÷दृश्य सामग्रीको उत्पादन र वितरणमा समेत जोड दिनु बाञ्छनीय हुन्छ”, सन्देशमा राष्ट्रपति भण्डारीले अगाडि भनेकी छन्, “आधिकारिक र तथ्यपूर्ण सूचना एवं सञ्चारका क्षेत्रमा राज्यले गरेको लगानीलाई नागरिक हितका लागि उपयोग गर्नु राससको प्रमुख दायित्व हो भन्ने मलाई लाग्दछ ।”

लोकतन्त्रको सुदृढीकरण, दिगो विकास, समावेशी समाज र आर्थिक समृद्धिका पक्षमा कुशल सञ्चारमार्फत राससले अझ योगदान गर्दै जाने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले राससको ६२औँ वार्षिकोत्सवका अवसरमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राहीमा शुभकामना व्यक्त गर्दै आफूलाई अझ अब्बल र नेतृत्वदायी सञ्चारमाध्यम बनाउन सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu