ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘म मकरध्वज’ ज्ञान हस्तान्तरण


abc tv
७ फाल्गुन २०७९, आइतबार   ३ : ०२   बजे

काठमाडौं । राजनीतिज्ञ तथा समाजसेवी मकरध्वज गुरुङको जीवनकथा पुस्तक ‘म मकरध्वज’ ज्ञान हस्तान्तरण गरिएको छ ।

गुरुङको तत्कालीन सामाजिक, राजनीतिक जीवन भोगाइ र स्मरण उजागर गरिएको उक्त पुस्तक आज यहाँ आयोजित ज्ञान हस्तान्तरण समारोह मकरध्वज गुरुङले आफ्ना कृति नाती नातिनालाई दिँदै वरिष्ठ समाजसेवी तथा साहित्यकार भद्रकुमारी घले र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा संस्कृतविद् डा जगमान गुरुङले विमोचन गरे ।

विभिन्न विषयका ४२ शीर्षकका लेख समेटिएको दुई सय ८० पृष्ठको पुस्तकमा इतिहास, सामाजिक परिवेश, विकास, अनुभूति र भोगाइका रोमाञ्चक स्मरण उल्लेख गरिएको छ ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा लेखक गुरुङले ‘गौरीशङकर र चेर्दुङको बस्ती, नुनखेप्न भोटतिर, भेडीगोठमा भालु आयो, आफैँभित्र देवता र दानवजस्ता विभिन्न शीर्षकमा रोचक र घतलाग्दा विवरण समावेश गरेका छन् ।

गुरुङसँग तत्कालीन पञ्चायतकालमा प्रधानपञ्च हुँदै नेपाली कांग्रेस र नेकपा (एमाले)को राजनीतिक अनुभव छ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका बुवासमेत रहेका मकरध्वज एक सच्चा, इमान्दार र कुशल राजनीतिज्ञ तथा वरिष्ठ समाजसेवी हुन् । राजनीतिसँगै सामाजिक सेवा र उद्यमशीलतामा सक्रिय गुरुङले गाउँको विकास र पूर्वाधार निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका विषय पनि पुस्तकमा लेखिएको छ ।

तत्कालीन राजनीतिक परिवेशको भोगाइ, जीवन सङ्घर्ष, व्यापार सफलता र राजनीतिक जीवनको झ–झल्को दिने पुस्तक युवापुस्ताका लागि ज्ञान हस्तान्तरण गर्ने उपयुक्त साधन भएको विज्ञ सरोकारवालाले औँल्याए ।

समाजसेवी भद्रकुमारी घलेले राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने मकरध्वजको पुस्तकले युवापुस्तालाई सही दिशावोध गर्न उपयोगी हुने बताए ।

संस्कृतिविद् डा जगमान गुरुङले विशिष्ट व्यक्तित्व मकरध्वजको चरित्र अनुसरण गरेर अघि बढ्ने प्रेरणा मिलोस् भनी कामना गरे ।

पुस्तकका लेखक मकरध्वज गुरुङले आफ्नो भेडा गोठालोदेखि पञ्चायतको राजनीति हुँदै बहुदलीय व्यवस्थासम्मको राजनीतिक जीवन सङ्घर्षको अनुभूति सुनाए ।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुवाको पञ्चायतकालदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक जीवनयात्राका बारेमा स्मरण गराए । “पुस्तक हिजोको समाजको दस्तावेज हो । यसले अहिलेको पुस्तालाई ज्ञान दिन्छ । मकरध्वजको आत्मकथामात्रै होइन, तत्कालीन राजनीतिक अनुभूति, सामाजिक परिवेशको जीवन्त तस्वीर पनि हो”, गुरुङले भने ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले राजनीतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका गुरुङको पुस्तकले आधुनिक पुस्तालाई सामाजिक सत्कर्मप्रति प्रेरणाभाव जगाउन सहयोगी हुने बताए ।

पुस्तकको टिप्पणी गर्दै पत्रकार बलराम थापाले जीवन सङ्घर्ष, उद्यमशीलता, पूर्वाधार विकासलगायत तत्कालीन इतिहासको संस्मरणलाई पुस्तकले समेटेको उल्लेख गरे ।

दोलखाका पूर्वजिल्ला सभापति रुद्र खड्का र पूर्वउपसभापति शिवप्रसाद भण्डारीले तीन राजनीतिक कालखण्डको प्रतिनिधित्व गर्ने गुरुङको पुस्तकमा कृषि, पशुपालन, व्यापार, राजनीति र समाजसेवा क्षेत्रको अनुभवको सङ्गालो पुस्तक सङ्ग्रहणीय रहेको बताए ।

पुस्तकको सम्पादकीय भूमिका निर्वाह गरेका शुभेच्छा विन्दु तुलाधरले तत्कालीन सामाजिक आर्थिक, राजनीतिक परिवेश सङ्गालेको पुस्तकले समकालीन राजनीतिका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम मकर–जितुमाया कल्याणकारी ट्रष्टका अध्यक्ष हिमाल गुरुङको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group