ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड


एबीसी / संवाददाता
८ फाल्गुन २०७९, सोमबार   ९ : ३०   बजे

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहितको मन्त्रालयको टोलीसितको भेटमा उनले विकासको विस्तार, सुधार तथा प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे ।

“विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ” उनले भने, “त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ ।”

प्रधानमन्त्री दाहालले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग तथा तहको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने उल्लेख गरे। उनले भने, “वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ । तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका साथ अघि बढौँ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नलाई विज्ञहरू सम्मिलित कार्यदल बनाएर सम्बोधन गर्न पहल गरेकामा प्रधानमन्त्री दाहालले त्यसको सराहना गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राडा सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल तथा प्राडा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजक र उपप्रधानमन्त्रीको सचिवालय टोलीले प्रधानमन्त्री दाहालसँग छलफल गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवाद उन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौँ सुधार थालिएको बताए । उनले त्यसका लागि कयौँ ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औँल्याए ।

त्यस क्रममा पूर्वाधार विकास प्रणाली सुधार कार्यदलका संयोजक आचार्य र यातायात सुधार कार्यदलका संयोजक पौडेलले कार्यदलले प्राथमिकतामा जोड दिन खोजेका विषयबारे प्रधानमन्त्री दाहाललाई ब्रिफिङ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu