ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सादै कांग्रेस


एबीसी / संवाददाता
९ फाल्गुन २०७९, मंगलबार   ७ : १३   बजे

काठमाडौँ, ९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले पौडेललाई उम्मेदवारका रूपमा अगाडि बढाउन लागेको हो ।

सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा साथ दिने विश्वासका साथ कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने परिस्थिति बनेको कांग्रेसका नेताहरू बताउँछन् । कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसबाट पौडेल उम्मेदवार बन्ने सम्भावना प्रवल रहेको बताए ।

उनले भने, “राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने औपचारिक निर्णय गरिसकेको छ । राष्ट्रपतिको उम्मेदवारबारे मात्र निर्णय हुन बाँकी छ । रामचन्द्र पौडेल उम्मेदवार हुने ९९ प्रतिशत सम्भावना छ ।”

माओवादीले राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेर पौडेललाई उम्मेदवार बनाइने उनको भनाइ छ । यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले पनि राष्ट्रपतिको उम्मेदवार पौडेल नै हुने बताएको छ ।

शुक्रबार साँझ सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राष्ट्रपतिमा सद्भाव खोजेको नेताहरू बताउँछन् । उनले पार्टीका नेताहरूसँग पनि राष्ट्रपतिको उम्मेदवार बन्न भेटघाट तीव्र पारेको पाइन्छ । तर, अहिलेसम्मको परिस्थिति हेर्दा कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार बन्न पौडेलको पल्ला भारी छ । पौडेलले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । शुक्रबार मात्र पौडेल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो ।

जसपाको केन्द्रीया कार्यालयमा यादवसँग भएको छलफलमा पौडेलले राष्ट्रपतिमा सहयोग गर्न यादवलाई प्रस्ताव गरेका थिए । यादवले राष्ट्रपतिमा कांग्रेसलाई सघाउन समस्या नरहेको भन्दै उपराष्ट्रपति जसपाले पाउने गरी छलफल थाल्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग संवादमा रहेका कांग्रेसका नेताहरू कांग्रेसको उम्मेदवार निर्वाचित हुनेमा विश्वासमा छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता रमेश लेखकलगायत प्रधानन्त्री प्रचण्डसँग निरन्तर संवादमा छन् ।

शुक्रबार दिउँसो बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले १० पुसकै सहमति स्मरण गराएका थिए । जसमा माओवादीले प्रधानमन्त्री पाउँदा राष्ट्रपति र सभामुख एमालेले पाउनुपर्ने सहमति भएको थियो । तर, सहमतिविपरीत प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिएको एमाले नेताहरूको गुनासो छ ।

कांग्रेस महामन्त्री थापका अनुसार प्रधानमन्त्री प्रचण्ड अहिले एमालेलाई राष्ट्रपति दिने मुडमा छैनन् । प्रधामन्त्री प्रचण्डलाई शनिबार भेटेका निधि पनि राष्ट्रपतिमा माओवादीको समर्थन कांग्रेसलाई रहने दाबी गर्छन् ।

आइतबार साँझ कांग्रेसका शीर्ष नेता राष्ट्रपति निर्वाचनमा सहयोग माग्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कांग्रेस सभापति देउवा, उपसभापति खड्का, धनराज गुरूङ, महामन्त्री थापा तथा नेताहरू पौडेल, सिटौलाले प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति निर्वाचन र सत्ता सहकार्यका विषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूबीच आइतबार २ घन्टा छलफल भएको छ । सो क्रममा प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

जसअनुसार सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिबारै निर्णय लिने जिम्मा प्रचण्डलाई दिएको छ । यद्यपि प्रचण्डले बंठकमा ब्रिफिङ गर्दै पार्टीको जोड यही गठबन्धनलाई अघि बढाउँदै राष्ट्रिय सहमति गर्ने रहेको बताएका थिए ।

राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गरेको खण्डमा एमालेले सरकारको साथ छाड्न सक्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा कांग्रेसले माओवादी सरकारको निरन्तरताका लागि लिखित प्रतिबद्धता व्यक्त गर्ने स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group