ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली प्रादेशीक अस्पतालको सेवा सुधारिँदै


एबीसी न्यूज
१० फाल्गुन २०७९, बुधबार   १ : ५१   बजे

काठमाडौं,१० फागुन । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ ।

अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको हो । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा तथा निक साइमन्स संस्थानले अस्पतालमा न्यूनतम सेवा मापदण्डमा अनुगमन गर्दा विगतको तुलनामा स्वास्थ्य सेवामा सुधार भएको छ । स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार अस्पतालमा सेवा सञ्चालन भए–नभएको हरेक छ/छ महिनामा अनुमगन गर्ने गरेको छ ।

विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशत मात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ । त्यसैगरी २०२० मा अस्पातलले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्‍याएको थियो । सन् २०२१ मा ६८ प्रतिशत र २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो । गत साता स्वास्थ्य सेवा विभागले अस्पतालमा गरेको अनुगमनले अस्तालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ ।

विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार सञ्चालन भए/नभएको हेर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिनुभयो । उहाँले विगतको तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताउनुभयो । “हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार नै दिने गरेका छौँ”, उहाँले भन्नुभयो, अहिले अस्पतालमा विशेषज्ञ डाक्टर र अन्य सेवासुविधासमेत थप गरिरहेका छौँ, त्यसले गर्दा बिरामीको चाप बढेको छ ।

उहाँले सय प्रतिशत पुर्‍याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताउनुभयो । “हामीले सुविधासम्पन्न आकस्मिक भवन सञ्चालनमा ल्याएका छौँ”, अध्यक्ष भट्टले भन्नुभयो, “सेवासुविधा पनि थप हुने प्रक्रियामा छन् ।” उहाँले डायलासिस सेवाका लागि भौतिक संरचना र अन्य उपकरण तयारी अवस्थामा रहेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाउन बाँकी रहेको बताउनुभयो ।

अस्पतालमा हाल १४ विशेषज्ञ डाक्टर, १२ मेडिकल अफिसर र छजना डेन्टलले सेवा दिँदै आएका छन् । “अस्पतालमा अझै नर्सिङ्ग स्टाफको अभाव छ, भौतिक संरचना निर्माण हुँदैछन् उहाँले भन्नुभयो, “आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि पहल गरिरहेका छौँ ।

यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् । महाकाली अस्पतालमा उपचारका क्रममा भेटिएका नरेश जोशीले अस्पतालमा सहज रुपमा सेवा पाइरहेको बताउनुभयो । धेरै अगाडि अस्पतालमा आएको थिए, त्यति बेला यहाँ सामान्य उपचार पनि हुन्थेन, धनगढी वा भारत जानुपथ्र्यो”, उहाँले भन्नुभयो अहिले यही अस्पतालमा शल्यक्रिया हुने गरेको देखेपछि खुसी लागेको छ ।” त्यसैगरी यहाँका नागरिक अगुवाले पनि अस्पतालमा राजनीति गर्न नहुने भन्दै अस्पतालको सेवा विस्तारमा लाग्नुपर्ने बताएका छन् ।

यहाँका स्थानीय रमेश पन्तले पछिल्लो सयम अस्पतालले स्वास्थ्य सेवा थप गरेको जनाउँदै जनताले घरआँगनमै उपचार पाउने गरेको बताउनुभयो । “एकजना विशेषज्ञ डाक्टर बस्ने अस्पतालमा अहिले १४ जना छन्, त्यस्तै अन्य सुविधा पनि थप भएका छन्”, उहाँले भन्नुभयो, “अस्पतालमा राजनीतिक आग्रह पूर्वाग्रहले गर्दा बेला–बेला विवाद आउने गरेको छ, अस्पतालमा राजनीति गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group