ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली सिँचाइ : गोदावरीसम्म मूल नहर निर्माणको सुरसार


एबीसी न्यूज
११ फाल्गुन २०७९, बिहिबार   १ : ४९   बजे

काठमाडौं,११ फागुन । कैलाली(कञ्चनपुरको ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अघि बढेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामले गति लिएको छ ।

महाकाली नदीको पानी कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित सरकारले राष्ट्रिय गौरवको आयोजनामा स्तरोन्नति गरेयता आयोजनाको कामले गति पाएको हो । एक सय ५१ किलोमिटर मूल नहर निर्माण गरी कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नर्वास नगरपालिकासम्म सिँचाइ पुग्ने गरी आयोजना अघि बढेको छ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भू पण्डितले मूल नहर निर्माणको नयाँ ठेक्का आह्वान प्रक्रियामा रहेको बताउनुभयो । “भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म साढे २८ किलोमिटर मूल नहर करिब करिब निर्माण भइसक्यो”, इञ्जिनीयर पण्डितले भन्नुभयो, “अबको नयाँ ठेक्कामा २८ दशमलव आठ किलोमिटरदेखि ४८ दशमलव दुई किलोमिटर मूल नहर ९गोदावरी खोलासम्म० लागत अनुमान स्वीकृत भएर बोलपत्र आह्वानको प्रक्रियामा छ ।”

उहाँले अब निर्माण हुने २० किलोमिटर मूल नहर निर्माण तीनदेखि पाँच प्याकेजमा टेन्डर आह्वान हुनसक्ने बताउनुभयो । उक्त मूल नहर निर्माणका लागि रु साढे तीन अर्ब रकम खर्च हुनेछ । “मूल नहर निर्माणका क्रममा जग्गा अधिग्रहण गर्न नपर्ने भएकाले गुलरिया र मालाखेती सहरमाथि नै तेस्रो चरणको मूल नहर बनाउने गरी लागत अनुमान बनेको छ”, उहाँले भन्नुभयो ।

उहाँले २८ किलोमिटर मूल नहर निर्माणको काम आगामी असारमा सम्पन्न भइसक्ने जानकारी दिनुभयो । “कोरोना कहर, मुआब्जा र वनका रुख कटानलगायतका विविध कारणले बीचको केही समय काम प्रभावित भयो”, उहाँले भन्नुभयो । अहिले दुई प्याकेजमा करिब ४८ किलोमिटर शाखा नहरको कामसमेत सुरु भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाले दिएको जानकारीअनुसार यहाँ सिँचाइ मूल नहरको एक किलोमिटरदेखि १४ किलोमिटरसम्म एउटा र १४ देखि २२ किलोमिटर मूल नहरको शाखा नहर निर्माणका लागि ठेक्का भएर काम सुरु हुँदैछ ।

“शाखा नहरको पहिलो प्याकेज रु ५४ करोड र दोस्रो प्याकेज रु ५३ करोडमा ठेक्का सम्झौता भएर काम अघि बढिसकेको अवस्था छ”, इञ्जिनीयर पण्डितले भन्नुभयो, “४८ किलोमिटर शाखा नहर निर्माण दुई वर्षभित्र पूरा गर्ने समयसीमा दिइएको छ ।”

गत असारको दोस्रो साता महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत बनेको मूल नहरमा पानी परीक्षण गरिए पनि नहरमा नियमित पाउने विषय टुङ्गोमा अझै अन्योल छ । गत असार १५ गतेको दिन धान दिवसका अवसरमा भारतीय पक्षले मूल नहरमा पानी छाडे पनि लगत्तै नहर उद्घाटनपछि मात्रै नियमित पानी दिने बताए पनि दुई देशबीचको विषय भएकाले टुङ्गोमा पुग्न नसकेको आयोजना कार्यालयको भनाइ छ ।

“विभिन्न भ्रमणका क्रममा र सिँचाइ विभागमा पानी नियमित पाउनुपर्ने विषय सम्झाइरहेका हुन्छौँ”, पण्डितले भन्नुभयो, “यो माथिल्लो तहबाटै समाधान खोजिनुपर्ने विषय पनि हो ।” विसं २०६४ देखि सुरु भएको आयोजना २०७५ सालमा आइपुग्दा १२ किमी मात्र मूल नहर बनाउन सकिएको थियो । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेत स्तरोन्नति भएपछि आयोजनाको कामले गति लिएको इञ्जिनीयर पण्डितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu