ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचलाख बढी भेटी सङ्कलन


एबीसी न्यूज
११ फाल्गुन २०७९, बिहिबार   २ : ३७   बजे

काठमाडौं,११ फागुन । छायाँक्षेत्र शिव मन्दिरमा रु पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

स्याङ्जा भीरकोट– ४ स्थित सो मन्दिरमा शिवरात्रिको दिनमा रु पाँच लाख १४ हजार छ सय ९७ भेटी सङ्कलन भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार सो दिन मन्दिरमा दर्शन गर्न आउने भक्तजनले द्रूत सेवा प्रयोग गरेबापत एकलाख ५१ हजार आठ सय, भजनकीर्तनमा चढाएको दानबाट एकलाख १३ हजार दुई सय, स्टल बिक्रीबाट ९१ हजार चार सय ४०, सहयोग रसिदबाट ५५ हजार २५, दानपेटिकाबाट ५४ हजार एक सय ८०, आजीवन सदस्यबाट ४१ हजार तीन सय र पार्किङबाट सात हजार सात सय ४५ रकम सङ्कलन भएको हो ।

महाशिवरात्रिका अवसरमा मन्दिरमा देशका विभिन्न ठाउँबाट बीस हजार बढी श्रद्धालु भक्तजनले दर्शन गरेका मन्दिर व्यवस्थापन समितिका सहसचिव शोभाकान्त पौडेलले बताउनुभयो । विभिन्न शीर्षकमा सङ्कलन भएको रकमलाई मन्दिरको भौतिक पूर्वाधारको विकासमा खर्च गरिने उहाँले बताउनुभयो ।

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको किनारमा अवस्थित मन्दिरको पछिल्लो समय प्रचारप्रसार भएसँगै विभिन्न चाडपर्वमा स्नान गर्न आउने भक्तजन बढ्दै गएका छन् । श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिए अनुसार पार्वतीको शेष रहेका सबै अङ्ग यसै ठाउँमा पतन भएको किंबदन्ती रही आएको छ । भगवान शिव ब्याकुल भई त्रिशूल प्रहार गरी जल उत्पत्ति गरेको र सोही जल आज पनि ढुङ्गाको कोप्चेराबाट छङछङ गर्दै बहिरहेकाले यस ठाउँलाई ‘छाङ्छाङ्दी’ पनि भन्ने गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group