ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा रासायनिक मल वितरण


एबीसी न्यूज
१२ फाल्गुन २०७९, शुक्रबार   १२ : २७   बजे

काठमाडौं,१२ फागुन । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ ।

स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार २० स्थानीय तह रहेको जिल्लाका दुई सय वडाबाट एक–एक सहकारीलाई स्थानीय तहको सिरफारिसका आधारमा मल वितरण थालिएको हो ।

जिल्लाको लालबन्दीमा १७, हरिवनमा ११, बागमतीमा १२, ईश्वरपुरमा १५, बरहथवामा १८, मलङ्गवामा १२, हरिपुरमा नौ, हरिपूर्वामा नौ, बलरामा ११, गोडैतामा १२, कविलासीमा १०, चक्रघट्टामा नौ, चन्द्रनगरमा सात, धनकौलमा सात, ब्रम्हपुरीमा सात, रामनगरमा सात, विष्णुमा आठ, कौडेनामा सात, पर्सामा छ र बसबरिया गाउँपालिकामा छ थोक बिक्रेता रहेका कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा आएको २० हजार चार सय बोरा रासायनिक मल जिल्लाका दुई सयवटै डिलरलाई दामासाहीरूपमा वितरण सुरु गरिएको छ । यसमा हरेक डिलरलाई ९५ बोरा युरिया, पाँच बोरा डिएपी र दुई बोरा पोटास गरी दुई सयवटा डिलरलाई २० हजार चार सय बोरा रासायनिक मल वितरण गरिने कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले गहँु, मकै, मुसुरो, तरकारीका साथै उखुको ‘सिजन’ रहेको र जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर सबै थोकबिक्रेतालाई दामासाहीरूपमा मल वितरण सुरु गरिएको प्रजिअ इन्द्रदेव यादवले बताउनुभयो ।

सरकारले युरिया प्रतिबोरा रु आठ सय २१, डिएपी प्रतिबोरा रु दुई हजार दुई सय ७१ र पोटास प्रतिबोरा रु एक हजार छ सय ७१ मा डिलरलाई दिने र स्थानीय तहले निर्धारण गरेको दररेटअनुसार थोक विक्रेताले जिल्लाका किसानलाई मल बिक्री गर्ने कार्यालयले जनाएको छ ।

कार्यालयले मल बिक्री–वितरणमा पादर्शिता ल्याउन थोकबिक्रेताले किसानलाई बिक्री गरेको मलको तथ्याङ्क, खाता र प्रतिवेदन प्रमाणित गर्न पनि अनुरोध गरेको छ । मल बिक्री–वितरणमा केही समस्या वा गुनासो आएमा अनुगमन समितिले अनुगमन गर्दा डिलरले किसानलाई बिक्री वितरण गरेको मलको बिल, खाता नम्बर र प्रतिवेदन प्रमाणित गर्न राख्न अनुरोध गरेको छ ।

जिल्लाका किसानले बाली लगाउने समयमा मल नपाएको गुनासो गर्दै आएका थिए । मल वितरणसँगै अब जिल्लाका किसानलाई यो सिजनमा मल नपाउने समस्या हट्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group