ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छैनन् स्थानिय तहमा कर्मचारी, खरिदारको भरमा गाँउपालिका


admin
१४ माघ २०७४, आइतबार   ७ : ०१   बजे

काठमाडौं, १४ माघ । गुल्मीका स्थानिय तहमा कर्मचारी नहुँदा काम गर्न समस्या परेको छ । स्थानिय तहमा प्रमुख प्रशासकिय अधिकृत देखि लिएर वडा सचिवसम्मका पद रिक्त हुँदा गाउँपालिकाका योजना सम्झौता, विकास निर्माणका काम, सिफारिस लगायतका काम अलपत्र भएका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिकामा १ सातादेखि प्रमुख प्रशासकिय अधिकृत छैनन् । गाउँपालिकामा अधिकृत स्तरको ब्यक्ति अथवा नायब सुब्बा सम्मको ब्यक्तिले मात्र प्रमुख प्रशासकको जिम्मेवारी लिने ब्यवस्था छ ।

तर गाउँपालिकामा भएका कुनै पनि वडा सचिवहरु नासु सरहका नभएकाले खरिदारको भरमा गाउँपालिका चल्नुपरेको छ । जसले गर्दा विकास निर्माणका काम अलपत्र पर्नुका साथै योजनाहरु पनि सम्झौता हुन सकेका छैनन् ।

गुल्मीको सत्यवती गाउँपालिकामा पनि प्राविधिक देखि वडा सचिवहरु सम्मका पदहरु खाली छन् । ८ वडा रहेको सत्यवतीमा ५ जना मात्रै सचिव छन् । प्रत्येक नागरिकले स्थानिय तहबाट सुविधा लिन खोज्नु स्वभाविक भएपनि सुविधा दिन नसकेको गाउँप्रमुख पारिश्वर ढकालको भनाई छ ।

गाउँपालिकामा मात्र होइन, जिल्लाकै सदरमुकाम र पुरानो नगरपालिकाको हालत पनि उस्तै छ । नगरपालिकामा वैकल्पिक कर्मचारी नभएको, भएकाहरुमध्ये पनि कति केन्द्र र प्रदेशमा जाने वा नगरपालिकामा नै बस्ने भन्ने अन्योल छ । त्यसैले आफूहरुले मिलिजुली नै नगरपालिकाको काम चलाएको नगरपालिकाका नायब सुब्बा गोपाल पन्थीले बताए ।

जिल्लामा कर्मचारीको पदपूर्ति गर्ने दायित्व जिल्ला प्रशासन कार्यलयको हो । जसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कर्मचारी पदपुर्ती समिति नै छ ।

तर सबै स्थानिय तहमा अवश्यक कर्मचारी नहुनुले पनि गुल्मीमा त्यो समिति निष्क्रिय जस्तै देखिएको छ । कर्मचारी पदपुर्तीको लागि मन्त्रालयमा पहल भइरहेको र केहि समयमै कर्मचारी पठाउने आश्वासन मन्त्रालयले दिएको प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल बताउछन् ।

जनप्रतिनिधि र कर्मचारीबिच समन्वय हुन नसक्नु, जनप्रतिनिले कर्मचारी र कर्मचारीले जनप्रतिनिलाई सम्मान गर्न नसक्नु, कर्मचारी पदपुर्ति गर्ने स्थानिय स्तर देखि केन्द्रसम्मको सरकारी निकायको कार्यसम्पादन फितलो हुनुजस्ता कारणले स्थानिय तहमा कर्मचारीको अभाव भएको हो । यसप्रति सम्बन्धित निकायले समयमै ध्यान पुर्याएको खण्डमा मात्र नागरिकले सिंहदरबारको अधिकार गाउँमै आएको कुरा महसुस गर्न सक्छन् ।

एबीसी रिर्पोटर हुमाकान्त पोखरेल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

India Delivers Humanitarian Aid Following Deadly Floods in Nepal

Flash Floods in Nepal Claim At Least 157 Lives

Bhotekoshi’s Devastating Flood: 157 Bodies Recovered, Hundreds Missing and Billions in Damage

Nepal Flash Floods: Over 100 Rescued by Air From Bhotekoshi River

Nepal President Urges Swift Response to Deadly Flash Floods

Flavio Bolsonaro Proposes Debt Ceiling as Key Economic Policy

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu