ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुरमा कासेली घर सञ्चालन


एबीसी न्यूज
२ चैत्र २०७९, बिहिबार   १ : ३५   बजे

काठमाडौं, २ चैत । बाँकेको कोहलपुर नगरपालिकामा कोसेली घर सञ्चालन भएको छ । कोहलपुर – १५ वडामा उत्पादनमा भएका अर्गानिक वस्तु अन्यत्र पुर्‍याउन सक्ने गरीे कोसेली घरको व्यवस्था गरिएको प्रबन्ध निर्देशक ईश्वर शर्माले जानकारी दिनुभयो ।

“नगरपालिकाका १५ वडामा उत्पादन भएका वस्तुको बिक्रीवितरण र बजारीकरण गर्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो,“यहाँ भान्सादेखि कपडासम्मका वस्तु पाइने छ । नगरपालिकाले तालिम दिएपछि उत्पादन भएका वस्तु कोसेली घरमा पाउने उहाँले बताउनुभयो ।” स्थानीयस्तरमा उत्पादन हुने गरेका वस्तुलाई बजारीकरणमा समस्या छ, त्यसलाई न्यूनीकरण गर्न कोसेली घर सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,“अहिले भारतबाट ल्याइएको तरकारी बजारमा जताततै भएका कारण स्वदेशी उत्पादनले प्राथमिकता पाएका छैनन् । ” तर अहिले साना तथा व्यावसायिक रुपमा तरकारी, चामल, खाद्यान्न वस्तु, गेडागुडी, अचार, हस्तकला, टपरीलगायत अन्य विभिन्न प्रकारका स्थानीय उत्पादन भएका वस्तु कोसेली घरमा प्राप्त हुनेछन ।

नगरपालिकाले अनौपचारिक तथा औपचारिक कार्यक्रममा समेत नगरपालिकाको पहिचान हुने गरी हस्तकलाबाट बनाइएका बस्तुलाई मायाको चिनोको रुपमा प्रदान गर्नुपर्ने जस्ता योजना ल्याएको प्रबन्धक निर्देशक शर्माले जानकारी दिनुभयो । कोहलपुर नगरपालिका उपप्रमुख सङ्गीता सुवेदीले स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकतामा राख्नपर्नेमा जोड दिनुभयो । महिलालाई आर्थिक क्षेत्रमा सहयोग हुनका लागि पालिकाले सीप विकास तालिम दिइरहेको छ,” उहाँले भन्नुभयो“तालिम लिएपछि उत्पादन गरेको वस्तु कोसेली घरमार्फत बिक्री वितरण हुने विश्वास भएको छु ।”

वैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुभद्रा शर्माले पालिकाले लिएको योजना र कार्यक्रममा निरन्तर सहयोग गर्ने उल्लेख गर्दै कोसेली घरको लागि नगरपालिकाले खोलेको ठेक्काबाट सहकारी संस्थाले रु पाँच लाख अनुदान पाएको बताउनुभयो । अहिले सहकारीले करिब रु आठ लाख लगानी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group