ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयताको अभ्यास सन्तोषजनक छ : मुख्यमन्त्री कार्की


एबीसी / संवाददाता
३ चैत्र २०७९, शुक्रबार   ६ : ०७   बजे

काठमाडौँ, ३ चैत । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताएका छन् । उनले मुलुकले संघीयताको अभ्यास थालेको सात वर्षकै अवधिमा सन्तोषजनक भएको दाबी गरे ।

संघीयताको अभ्यासमा प्रदेश सरकारको उपलब्धि र चुनौतीका विषयमा मुख्यमन्त्री कार्कीसँग गरिएको संक्षिप्त कुराकानीमा उनले संघीय निजामती कानुन निर्माण र प्रदेश प्रहरी समायोजनसम्बन्धी विषयमा केन्द्रीय सरकारबाट छिटो निर्णय हुनुपर्नेमा जोड दिए ।

मुलुक तीन तहको सरकारसहित संघीयताको अभ्यासमा छ, यो सात वर्षको अवधिमा भएका अभ्यासलाई कसरी लिनुभएको छ ?
संघीयताको अहिलेसम्मको अभ्यासलाई सन्तोषजनक नै मान्नपर्छ । तर, संघीयताको पूर्णरुपमा कार्यान्वयन हुन भने सकेको छैन । जति छिटो काम हुनुपर्ने हो भएको छैन । अहिले सङ्घीयतासम्बन्धी जेजति संवैधानिक व्यवस्था छ, कार्यान्वयनका पक्षमा सबै काम हुन सकेको छैन । यद्यपि, पुरानो इतिहासलाई हेर्ने हो भने अहिले सन्तोषजनक नै मान्नुपर्छ ।

संघीयतामा जनताले प्रत्यक्षरुपमा बुझ्ने भनेको प्रदेश संरचना हो । तर, प्रदेश संरचनालाई त्यो ढङ्गले काम गर्न दिइएको छैन । निजामती ऐन, प्रहरी ऐन र शिक्षा ऐन बन्न नसक्दा प्रदेशलाई हस्तान्तरण हुनुपर्ने अधिकारहरु सङ्कुचन भएका छन् ।

विगतको प्रदेश सरकारको अभ्यासको पृष्ठभूमिमा अहिले तपाईको आफ्नो पदीय जिम्मेवारीको मूल्यांकन कसरी गर्नुहुन्छ ?

विगतमा प्रदेशसभा विल्कुल नयाँ अभ्यास थियो । त्यस समय हामीले जेजति अभ्यास गरेको थियौँ अनुमान र कतै भएका आधार हेरेर गरियो । अहिले हामीसँग पाँच वर्षको पर्याप्त अनुभव छ, अझ भनौँ हामी अनुभवले समृद्ध बनेका छौँ । आज हामीसँग एउटा मार्गदर्शक बनिसकेको छ । पाँच वर्षको अन्तरालमा कानुन निर्माण, सरकार सञ्चालन र प्रदेशसभामा विषयवस्तुलाई लैजाने अभ्यासमा पर्याप्त अनुभवी बटुलेका छौँ । त्यही अनुभवका आधारमा पनि हिजोभन्दा आज धेरै सहज र सफल हुने विश्वास छ ।

प्रदेश संरचनाले हासिल गरेका उपलब्धिलाई कसरी हेर्नु भएको छ ? समस्या के के देखिएका छन् ?
संक्षिप्तमा हेर्दा पाँच वर्षमा सम्बन्धित प्रदेशमा कामकारबाही र नीतिगत निर्णय पर्याप्तमात्रामा भएका छन् । तर, नेपालमा संघीयतासम्बन्धी केन्द्रिकृत मानसिकताका कारण सकारात्मक धारणा बन्न सकेको छैन । संघीयतामा उल्लेखनीय उपलब्धि हासिल गर्न नसक्नुको धेरै समस्या चाहिँ प्रदेशका कारण भएको हो भन्ने आरोप छ । प्रदेश सरकार स्वयंले पनि यसलाई चिर्न सकेको छैन ।

विकासका पूर्वाधारमा विगतमा नभएका अथवा भनौँ २५औँ वर्षमा नभएका काम अहिले प्रदेश सरकारले गरेको छ । कोसी प्रदेशको उदाहरण दिने हो भने यस प्रदेशले विकास निर्माणमा तुलनात्मकरुपमा धेरै उचाई प्राप्त गरेको छ ।

प्रदेशमा विकास निर्माणले नयाँ उचाइ प्राप्त गरेको दाबी गरिरहँदा पूर्वाधार निर्माण र विकासमा प्रदेशमा पुँजीगत खर्चको अवस्था र समस्या कस्तो छ ?
विगतका पाँच वर्षमा कोशी प्रदेशमा पुँजीगत खर्च ८० प्रतिशतसम्म पुगेको छ । तर, पुँजीगत खर्च बढ्दैमा सबै राम्रो भयो भन्नेमा म सहमत छैन । विकास निर्माणको एउटा गतिलो उदाहरण सडक निर्माण हो । कोसी प्रदेश सरकारका तर्फबाट चार वर्षको अन्तरालमा आठ सय किलोमिटरभन्दा बढी बाटो कालोपत्र निर्माण गरेका छौँ । विगतमा पाँच सय किलोमिटरसम्म कालोपत्र हुँदैन थियो । अहिले दुई हजार किलोमिटर बढी सडक कालोपत्रे भएका छन् । सडकसँगै पुल र झोलुंगे पुल निर्माण भएका छन् ।

तर स्थानीय तह, प्रदेश र संघको जिम्मेवारीबारे अन्योलताका कारण कतिपय कामको परिणाम देखिएन । तीनै तहका सरकारले एउटै ठाउँमा एउटै काम गरेका छन्, दोहोरोपनाका कारण परिणाम नदेखिएको हो । केन्द्रबाट यी तीन तहका सरकारको अधिकार क्षेत्रबारे स्पष्टता हुन सकेको छैन, त्यो हुन जरुरी छ ।

धेरै समस्या र गुनासो तीन तहका सरकारबीचको समन्वय अभावका कारण उत्पन्न भएको देखिन्छ, त्यसमा पनि प्रदेशले स्थानीय तह र संघीय तहका सरकारबीच समन्वय गराउन कस्तो समस्या बेहोर्नु पर्‍यो ?
स्थानीय तह अलगै तह हो । स्थानीय तह प्रदेश सरकारसँग भरपर्ने आवश्यक हुँदैन । स्थानीय तह आफैँले बजेट र कानुन बनाउँछ । थप आवश्यक बजेटका लागि प्रदेशसँग जोडिने हो । तर त्यसका लागि प्रदेश र स्थानीय तहलाई जोड्ने संयन्त्र कमजोर छ, त्यसलाई संविधान र कानुनअनुसार मजबुत बनाउन आवश्यक छ । अर्कोतर्फ प्रदेश सरकारलाई स्थानीय तहको कानुन निर्माण, कर्मचारी व्यवस्थापन र कतिपय आर्थिक कामको संयोजन गर्ने जिम्मेवारी पाएन । यी तीन विषयमा संयोजकको जिम्मेवारी प्रदेश सरकारलाई दिइनुपर्छ ।

संघीय सरकारको तर्फबाट प्रदेश सरकारलाई सफल बनाउन तत्काल गरिदिनुपर्ने कानुनी तथा व्यवस्थापकीय र प्राविधिक पक्षहरु के–के हुन् ?
प्रदेश सरकारलाई सफल बनाउन तीन वटा कानुन यथाशीघ्र बनाउनुपर्छ । पहिलो, संघीय प्रहरी ऐन बनाइदिएर प्रदेशले आफ्नो प्रहरी गठन गर्न पाउने अधिकार अविलम्ब दिनुपर्छ । दोस्रो, संघले निजामती ऐन बनाएर प्रदेशको निजामती ऐन बनाउने बाटो खुला गरिदिनुपर्छ । र शिक्षाका विषयमा देखिएका अन्योलता र अस्पष्टता हटाउनका लागि शिक्षा ऐन तत्काल बनाउनुपर्छ । केन्द्रले शिक्षा नीतिको केन्द्रीय प्रारुप र नीति तयार गर्ने र सबै जिम्मेवारी प्रदेशलाई दिनुपर्छ ।

आर्थिकरुपमा संघले प्रदेश र स्थानीय तहको घाँटी निमोठने काम संघीय ऐनमार्फत गरेको छ । संघले अन्तर सरकारी वित्त व्यवथापन ऐन, २०७४ मा संशोधन गर्न आवश्यक छ । राजस्वको बाँडफाँडमा मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको बाँडफाँडमा ७० प्रतिशत संघ र ३० प्रतिशत स्थानीय र प्रदेश सरकारलाई राखेको छ । यो सिद्धान्त र व्यावहारिकरुपमा गलत कुरा हो । यसमा संशोधन हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघ्यो

गाडीको प्रदर्शनीभन्दा पर : नेपालको अटोमोबाइल उद्योगले खोज्दैछ नयाँ गतिशीलता !

दक्षिण कोरियाको बुसानमा युनेस्को विश्व सम्पदा समितिको ४८ औँ महासभा शुरु

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu