ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई


एबीसी न्यूज
६ चैत्र २०७९, सोमबार   १ : २४   बजे

काठमाडौं, ६ चैत । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गर्नुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले उपराष्ट्रपति यादवलाई कार्यकाल सफलताको कामना व्यक्त गर्नुभएको हो ।

दुई कार्यकाल गरी सात वर्ष पाँच महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नो सबैसँग सौहाद्र र सहयोगात्मक सम्बन्ध रहेको जनाउँदै उहाँले संवैधानिक परिधिमा रहेर संविधानको रक्षा, पालन तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि इमान्दारीपूर्वक काम गर्दै उपराष्ट्रपति पदको गरिमा बढाउने कोशिस गरेको बताउनुभएको छ ।

सार्वभौम संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्क्रमणकालीन व्यवस्थामा मतदानद्वारा र संविधानको पूर्ण कार्यान्वयनको क्रममा अर्को कार्यकाल निर्विरोध उपराष्ट्रपतिमा निर्वाचित भएकामा हालै निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ लिनुभएसँगै आफ्नो कार्यकाल टुङ्गिएको उहाँले जनाउनुभएको छ ।

“मलाई उपराष्ट्रपतिमा निर्वाचित गरेर कार्यकाल सफल बनाउनसमेत सहयोग गर्ने राजनीतिक दलप्रति धन्यवाद ज्ञापन गर्दछु । कार्यकाल सफल र सुखद बनाउन पूर्णसहयोग गर्ने नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ ।

उहाँले उपराष्ट्रपतिको कार्यालयमा रही कार्यसम्पदान गर्ने कर्मचारी, निजी सचिवालयका सदस्य, सुरक्षा प्रदान गर्ने नेपाली सेना, सुरक्षा समन्वय गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तथा सुरक्षा निकायका अधिकृत तथा सदस्यलाई धन्यवाद दिनुभएको छ । निवर्तमान उपराष्ट्रपति पुनले आगामी दिनमा राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group