ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ


एबीसी न्यूज
६ चैत्र २०७९, सोमबार   १ : ३८   बजे

काठमाडौं, ६ चैत । राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गतासम्बन्धी भएका अधिकार कार्यान्वयनमा चुनौती देखिएको बताउनुभएको छ ।

विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानमा भएको अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गर्नुभयो ।

“अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकारसम्बन्धी कानुनी व्यवस्था छ”, दिगो विकास तथा सुशासन समितिका सभापति समेत रहनुभएका पन्थले भन्नुभयो, “अहिलेको समस्या ऐन कार्यान्वयन हो ।”

उहाँले दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्थाबारे छलफल गर्न सरोकारवालालाई आह्वानसमेत गर्नुभयो । “दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्था र चुनौती विषयमा छलफल र अन्तरक्रिया आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले सरोकारवालाको सुझाव लिन आफूहरु तयार भएको भन्दै संसद् सचिवालयमै आएर छलफल गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका महिला उपाध्यक्ष अनिता घिमिरेले अपाङ्गता भएका व्यक्तिका लागि सामूहिक वकालत जरुरी भएको बताउनुभयो । “हामी वर्षौदेखि अपाङ्गता भएका व्यक्तिप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले सामूहिकरुपमा एकअर्काका लागि वकालत गर्नुपर्छ ।”

समाजले विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा दुई दिने गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा समावेशी शिक्षा र जीविकोपार्जन विषय समेटिने समाजकी अध्यक्ष शिला थापाले बताउनुभयो । “हाम्रो उद्देश्य बौद्धिक अपाङ्गता तथा डाउन सिण्ड्रोम भएका व्यक्तिको समावेशी शिक्षा तथा जीविकोपार्जन क्षेत्रलाई सशक्त बनाउनु हो”, उहाँले भन्नुभयो, “दुई दिने गोष्ठी उहाँहरुको भविष्यलाई सुनिश्चित तथा आत्मनिर्भर बनाउनका लागि आवश्यक नीतिगत विषयमा केन्द्रित हुनेछ ।”

सामान्यतया: मानिसको शरीरका कोषमा रहने ४६ वटा क्रोमोजोमहरु २३ वटा जोडीमा विभाजित हुन्छन् । तर डाउन सिण्ड्रोम भएको अवस्थामा २१औँ जोडीमा दुई वटाको सट्टा तीन वटा क्रोमोजोम हुन्छन् । जसलाई अङ्ग्रेजीमा ‘ट्राइसोमी २१’ पनि भनिन्छ ।

संयुक्त राष्ट्रसङ्घले मार्च २१ मा यो दिवस मनाउँदै आएको छ । यसवर्ष यो दिवस ‘हामीसँगै हौँं, हाम्रो लागि होइन’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group