ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते


एबीसी / संवाददाता
७ चैत्र २०७९, मंगलबार   ७ : ३५   बजे

धनगढी, ७ चैत । कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् ।

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन् । मृत्यु हुनेमा भजनी–९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

भजनी–९ बस्ने दोहती डगौरा, पेपी डगौरा, ज्योती चौधरी, मगुली चौधरी, मेदी डगौरा, मधु चौधरी, रुपा चौधरी, हिमान्सु चौधरी, अनिता चौधरी, रिदम चौधरी, आरोही चौधरी, तुन्नि चौधरी, ओली चरण चौधरी र रिवस चौधरीको वर्दगोरीया अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, रोहन चौधरी, कृष्णी देवी डगौरा, रत्ना चौधरी, आशा देवी डगौरा, सग्रामी चौधरी, विपिन चौधरी, फुलराम चौधरी, सन्तोष चौधरी, हिरा चौधरी, रिता चौधरी, क्षितिज चौधरी, अमन चौधरी, रिया चौधरी, विरेन्द्र चौधरी, सानु चौधरी, अपेक्षा चौधरी, राकेश चौधरी र सबिन चौधरीको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group