ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेन्जेमाको ह्याट्रिकमा रियलको फराकिलो जित


एबीसी / संवाददाता
२० चैत्र २०७९, सोमबार   ८ : १५   बजे

काठमाडौँ, २० चैत । रियल मड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि फराकिलो जित हासिल गरेको छ ।

कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेको खेलमा मड्रिडले घरेलु मैदानमा ६–० को फराकिलो जित हासिल गरेको हो ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलको २२औँ मिनेटमा रोड्रिगोले रियलको जितका लागि खाता खोलेका थिए । त्यसपछि कप्तान बेन्जेमाले २९औं, ३२औँ र ३६औँ मिनेटमा निरन्तर गोल गरेर कप्तान बेन्जेमाले ह्याट्रिक गरेर पहिलो हाफमा नै ४–० को अन्तरले खेललाई अघि बढाए ।  यो हयाट्रिक उनले ८ मिनेटको अन्तरमा गरेका थिए ।

त्यसैगरी दोस्रो हाफको ६५औँ मिनेटमा रोड्रिगोले गरेको गोलले भिएआरबाट मान्यता नपाए पनि ७३औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ५–० ले अघि बढाए भने त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा लुकास भास्क्वेजले थप गोल गर्दै रियललाई ६–० को सानदार र ठुलो अन्तरको जित दिलाए ।

यस जितसँगै मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी १२ अंकमा छोट्याएको छ । दोस्रो स्थानमा रहेको मड्रिडको २ठ खेलबाट ५९ अंक पुगेको छ । समान खेलबाट शीर्ष स्थानको बार्सिलोनाको ७१ अंक छ । पराजित भालाडोलिड २८ अंक जोडेर १६औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group