ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘टिकटकविरूद्ध उत्रिएको अमेरिका आफैँले गुगलमार्फत् विश्वको जासुसी गरिरहेछ’


एबीसी / संवाददाता
२१ चैत्र २०७९, मंगलबार   ६ : ५२   बजे

एजेन्सी, २१ चैत । गत महिना अमेरिकामा टिकटकबाट जासुसी हुन्छ कि हुँदैन भन्ने बहस घन्टौँसम्म भयो । अमेरिकी विधायकहरूले संसद्‌मा टिकटकका कार्यकारी प्रमुख सोउ जी चीउलाई साढे ४ घन्टासम्म प्रश्न गर्दै उत्तर खोजेका थिए । टिकटक चिनियाँ स्वामित्वमा रहेको कम्पनी बाइटडान्सले विकास गरेको एप भएकाले अमेरिकालाई यो शंका छ कि टिकटकबाट चिनियाँ सरकारले अमेरिकीहरूको जासुसी गरिरहेको छ ।

सवाल जबाफमा रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीका सांसदलाई टिकटक कार्यकारी प्रमुख सोउले चित्तबुझ्दो जबाफ भने दिन सकेका थिएनन् । उनले १५ करोड अमेरिकीले आफ्नो एप मन पराउने भन्दै उनीहरूको ‘गोपनीयता सुनिश्चित गर्ने जिम्मेवारी आफूहरूले लिने’ बाचा गरेका थिए । उनले किशोरकिशोरीहरूको गोपनीयताको रक्षा आफूहरूको प्रमुख प्राथमिकता भएको पनि उल्लेख गरे ।

तर, चित्तबुझ्दो जबाफ नपाएका अमेरिकी सांसदहरूले टिकटकलाई अमेरिकामा रहेका उसका सम्पत्तिको स्वामित्व हस्तान्तरण गर्न या प्रतिबन्ध खेप्न चेतावनी दिएका छन् । यसको अर्थ अमेरिकाको स्वामित्वमा टिकटन नगए चाँडै अमेरिकामा टिकटक प्रतिबन्धमा पर्ने छ ।

अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले यस विषयमा भनेका छन्, “हामी अमेरिकीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको प्राविधिक जालोबाट जोगाउन कानुनको साथमा अगाडि बढ्नेछौँ ।” अमेरिकाले आफ्ना प्रविधि कम्पनीहरूलाई पनि डाटा चोरी तथा गोपनीयताका विषयमा जिम्मेवार बनाउने बताएको छ ।

यतिबेला टिकटक अमेरिकी सरकारी प्राविधिक उपकरणमा प्रतिबन्ध भइसकेका छन् । साथै क्यानडा, बेल्जियम, डेनमार्क र न्युजिल्यान्डका सरकारी अधिकारीहरूको मोबाइलमा पनि टिकटक चल्दैन । तत्काल टिकटक अमेरिकी उपकरणहरूमा प्रतिबन्ध लगाउन भने अमेरिकालाई गाह्रो छ । किनभने यो कार्य अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने संविधानको पहिलो संशोधनविरूद्धमा हुने छ ।

चीनले भने टिकटकलाई माध्यम बनाएर अमेरिकाले चीनको विकास देख्न नसकेको आरोप लगाएको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित एक लेखका अनुसार टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास ‘विषाक्त अमेरिकी राजनीतिक वातावरण’बाट प्रेरित छ, जसले स्वतन्त्र बजारको सिद्धान्तको उल्लंघन गर्ने छ ।

चीनले टिकटकबाट जासुसी गरिरहेको अमेरिकी आरोपबीच अमेरिकाले पनि गुगल, फेसबुकजस्ता माध्यमबाट विश्वको जासुसी गरिरहेको भन्ने टिप्पणी सुरू भएको छ । अलजजिरामा प्रकाशित एक लेखअनुसार अमेरिकाले टिकटकमाथि जासुसीको आरोप लगाइरहँदा अमेरिकी सरकार आफैँले भने अमेरिकी एपबारे खुलेर चर्चा गरेका छैनन् । लेखमा भनिएको छ, “विश्वव्यापी इन्टरनेटलाई नियन्त्रण गर्ने अमेरिकाले त्यहाँको प्रविधि कम्पनीको माध्यमबाट कसरी जासुसी हुन्छ भनेर उनीहरूले बताएका छैनन् ।”

उक्त लेखमा अमेरिकामा गुगल, मेटा, अमेजन र माइक्रोसफ्टजस्ता विश्वचर्चित प्रविधि कम्पनी भएकाले उसले विश्वमा जासुसी गर्न सक्ने सम्भावना झन् बढी भएको र अमेरिकालाई त्यो कुरामा फाइदा भएको उल्लेख छ ।

न्युयोर्क टाइम्सका अनुसार सन् २०२१ मा अमेरिकाले २ लाख ३२ हजार ४३२ जना विदेशी नागरिकको जासुसी गरेको थियो । अमेरिकी नागरिक स्वतन्त्रता संघका अनुसार सन् २०११ यता अमेरिकी सरकारले एक अर्बभन्दा बढी पटक जासुसी गरेको सूचना संकलन गरेको छ । न्युजर्सीस्थित सिटन हल युनिभर्सिटीका अमेरिकी संवैधानिक कानुन र राष्ट्रिय सुरक्षा विशेषज्ञ जोनाथन हाफेत्ज यस विषयमा भन्छन्, “उनीहरूले चीनले चुपचाप डाटा संकलन गरेको भनेर ठुलो दुर्गन्ध पैदा गर्दैछन् जब अमेरिका आफैँले ठुलो मात्रामा अनुमति बिना डाटा संकलन गरिरहेको छ ।”

अमेरिकामा फिजा संशोत्रन ऐनको धारा ७०२ मा विदेशीहरूको इमेल, फोन र अन्य अनलाइनमा अनुमति बेगर जासुसी गर्न अनुमति दिने प्रावधान पनि छ । टिकटकमाथि प्रश्न गर्दा अमेरिकी कानुनमै प्रश्न उठिरहेको विश्लेषण हुन थालेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group