ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलकताका रिन्कु सिंहले अन्तिम पाँच बलमा हिर्काए पाँच छक्का


एबीसी न्यूज
२६ चैत्र २०७९, आइतबार   ११ : ०६   बजे

काठमाडौं, चैत २६ । आइपिएल २०२३ अन्तर्गत कोलकता नाइट राइडर्सका रिन्कु सिंहले अन्तिम पाँच बलमा पाँच छक्का हिर्काएपछि गुजरात टाइटन्समाथि ३ विकेटको जित हात पारेको छ।

गुजरातले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकतालाई अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएको थियो।

गुजरातका यश दयालको पहिलो बलमा कोलकताका उमेश यादवले एक रन लिए। त्यसपछि स्ट्राइकमा आएका रिन्कुले लगातार पाँच छक्का हिर्काउँदै कोलकतालाई रोमाञ्चक जित दिलाए।

उनले २१ बलमा नटआउट ४८ रन जोडे। २५ वर्षीय रिन्कु उत्तर प्रदेशका हुन्।

त्यसअघि कोलकताका लागि वेंकटेश अय्यरले ८३ रन जोडे भने कप्तान नितेश रानाले ४५ रन बटुले। बलिङमा गुजरातका रासिद खानले ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा २०४ रन जोड्यो।

उसका लागि विजय शंकरले नटआउट ६३ रन जोड्दा साइ सुदर्शनले ५३ रनको योगदान गरे।

बलिङमा कोलकताका सुनिल नारिनले ३ विकेट लिए।

जारी आइपिएलमा तीन तीन खेल खेलेका कोलकता र गुजरातले दुई दुई खेलमा जित निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu