ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या


एबीसी न्यूज
३ बैशाख २०८०, आइतबार   १ : ३३   बजे

काठमाडौं, ३ बैशाख । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको स्वास्थ्य चौकीमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको यस स्वास्थ्य चौकीमा एक स्वास्थ्यकर्मी मात्रैले सेवा दिँदै आएका छन् ।

स्वास्थ्य चौकी प्रमुखसमेत रहनुभएका आशिष सापकोटाले माघदेखि एक्लै सेवा दिँदै आउनुभएको छ । गत चैत ४ गते अनमी यशोदा सापकोटा स्वास्थ्य चौकीमा आए पनि उहाँले ३० गते जागिर छाड्नुभयो । तीन सातासम्म दुई स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्दा केही सहज भए पनि अहिले समस्या परेको स्वास्थ्य चौकी प्रमुख सापकोटाको भनाइ छ । यस स्वास्थ्य चौकीमा दुई अनमी, दुई अहेब र एक हेल्थ असिस्टेन्टको दरबन्दी भए पनि अहिले एक्लै सेवा प्रवाह गर्नुपरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि छ । जनशक्ति नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुनसकेको छैन । गर्भवतीलाई सुत्केरी गराउन बागलुङ बजार झर्नुपर्ने अवस्था छ । अहिले सापकोटासँग एक कार्यालय सहयोगी कार्यरत छन् । दैनिक २० जना बिरामी आउने गरेकामा गर्मी बढेसँगै बिरामी सङ्ख्या बढ्न थालेको बताइएको छ ।

“दिनदिनै बिरामी थपिनु हुन्छ, स्वास्थ्यकर्मी म एक्लै छु, एक्लै बिरामीकौ जाँच र उपचारमा समस्या पर्ने गरेको छ, कहिलेकाहीँ एउटा बिरामीको उपचार गर्न दुई/तीन जनाको आवश्यक पर्छ”, सापकोटाले भन्नुभयो, “कहिले तालिम हुन्छ, कहिले बिदा लिनुपर्ने हुन्छ, त्यो बेलामा स्वास्थ्यचौकी नै बन्द गर्नुपर्छ, आफै पनि बिरामी भइन्छ, अहिले साह्रै समस्या छ, बिरामीको सङ्ख्या पनि बढिरहेको छ, बिरामी लाइन बस्नुपर्छ, लाइनमा बस्दा पनि समस्या हुने गरेको छ ।”

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामाले अहिले नयाँ स्वास्थ्यकर्मी नियुक्त गर्ने अवस्था नभएको बताउनुभयो । अगामी असार मसान्तसम्म अन्य स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी लिएर तत्कालको समस्या समाधान गर्ने लामाले बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “यहाँ समस्या परेको छ, अहिले भर्खरै नयाँ राख्न पनि नसकिने, आन्तरिक समस्याले गर्दा अब समाधानको उपाय त खोज्नै पर्‍यो, त्यसले गर्दा पालिकाका अन्य स्वास्थ्य चौकीबाट केही समयका लागि स्वास्थ्यकर्मी लिएर व्यवस्थापन गर्छौँ, असार मसान्तपछि नयाँ स्वास्थ्यकर्मी करारमा लिएर भए पनि व्यवस्थापन गर्छौँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu