ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा यस वर्ष मह उत्पादनमा कमी


एबीसी न्यूज
५ बैशाख २०८०, मंगलबार   १ : ०५   बजे

काठमाडौं, ५ बैशाख । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो ।

पछिल्ला वर्षमा वायु प्रदूषण र जथाभावी बोटबिरुवा मासिँदै जाँदा त्यसको असर मह उत्पादनमा समेत देखिएको घोराही उपमहानगरपालिका–१६ सर्रामा २०६१ सालदेखि नियमित रुपमा मौरीपालन गर्दै आउनुभएका दाङ हनी प्रोडक्सनका रामहरि शर्माले बताउनुभयो ।

“पछिल्ला वर्षहरुमा प्लटिङ बढेको, फूल फुल्ने रूख कटान हुने गरेको तथा प्राकृतिक समस्याले उत्पादनमा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो, “पर्याप्त स्रोत पुर्‍याउन मौरीमय बिरुवा रोपणमा ध्यान दिनुपर्ने बेला भएको छ । मौरीपालनका लागि सबैभन्दा महत्वपूर्ण कुरा उनीहरुको स्रोतको विकास हुनुपर्छ ।” दाङको घोराही क्षेत्रमा चिउरीको पुष्परस र तुलसीपुर क्षेत्रबाट तोरीको पुष्परसबाट मह उत्पादन धेरै हुने गरेको उहाँको भनाइ छ ।

नेपाल मौरीपालक महासङ्घ दाङका अनुसार मह उत्पादन घटे पनि मौरीको घार र कृषकको सङ्ख्यामा कमी नआएको महासङ्घले जनाएको छ । पछिल्लो समय भारतीय बजारबाट आएको कम गुणस्तरको महका कारण यहाँका मौरीपालक किसान मारमा परेको २० वर्षदेखि मौरीपालन गर्दै आउनुभएका तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका चेतमान भण्डारीको भनाइ छ ।

मौरीपालनमा लाग्ने खर्चको अनुपातमा लगानी उठाउन निकै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । मौरीपालक किसानका समस्याका बारेमा राज्य गम्भीर हुन नसकेको किसानको दुखेसो छ । अझै पनि राज्य र आम नागरिक वर्गमा मौरीपालक किसानले महकै लागि मात्रै पालेका हुन् भन्ने बुझाइले समस्या थपिएको उनीहरुको अनुभव छ । मौरीले महको स्रोतबाट २० प्रतिशत महका लागि र ८० प्रकृति संरक्षणका लागि योगदान हुने गरेको दाबी गर्नुुहुन्छ घोराही–१७ गुलरियामा १७ वर्षदेखि मौरीपालन गर्दै आउनुभएका मदन न्यौपाने ।

दाङमा उत्पादित शुद्ध मह कृषकका घरमा थन्किएको छ । बजारमा अनधिकृत महलाई विभिन्न नाममा बजारीकरण हुने गरेपछि स्थानीय मह बजार पाउन समस्या भएको छ । यसै पनि गुणस्तर नचिनेर मह खाने परिपाटीले शुद्ध मह बिक्रीमा समस्या छ । नेपाल मौरीपालक महासङ्घ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले पहाडी क्षेत्रमा उत्पादन हुने मह आफैँमा अग्र्यानिक हुने तथा कुनै पनि शुद्ध मह जम्ने हुँदा शुद्ध पहिचान गरेर खरिद गर्न आग्रह गर्नुहुन्छ ।

यो पटक असोजको पानीले चिउरी फुलेन । चैतको पानीले सिसौको फूल बिगार्‍यो । हिउँदमा पानी परेन । गोभी तोरी भएन । ६ महिना जिल्लाबाहिर चरनका लागि लैजानुपर्ने बाध्यता भोग्दै आएका किसानमध्ये एक सय ५० माहुरीपालक महासङ्घ दाङमा आबद्ध छन् भने १५ हजार बढी घार मौरी छन् । गत वर्षकै १० टन बिक्री गर्न नसकेका किसानको यो वर्ष पनि सय टन बढी मह मौज्दात छ । दाङमा आधुनिक एपिस मेलिफेरा, स्थानीय एपिस सेरेना, खागोलगायत जातका मौरीपालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group