ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन र तनहुँमा घण्टी रोक्न असम्भव, बारामा मौन अवधिले उपेन्द्रको भाग्य निर्धारण गर्ने झिनो आशा


शुभशंकर कँडेल

 

शुभशंकर कँडेल –  भरतपुर । ‘कमसेकम कङ्रेस एमाले समानान्तर तेस्रो दल हुने त पक्का छ । आज मुगणलिन पारी खाना खाँदा भेटिने साउनीसंग सम्वाद पछि बुझियो कि स्वर्णिम र रविले चैं जित्छन् –झलक सुवेदी । ‘यदि तनहुँ १मा यसपालि घण्टीले जितेछ भने आगामी ८४को चुनावमा काठमाण्डौँ, ललितपुर, विराटनगर, पोखरालगायत ठूला पालिका पनि रविको दलले जित्छ अनि संसदीय चुनावमा सबैभन्दा ठूलो दल पनि बन्छ–डा. रामेश कोइराला । ‘शेरबहादुर, प्रचन्ड, माधव नेपालहरूले भोट मागेर पनि भोट बढ्ने जमाना छ र अचेल ? पत्रकार विपेन्द्र कार्की । ‘छैन छैन, देउपा, दाहाल, नेपाल, ओलीहरुले विस्वास गुमाइसकेकै हुन । मत मागेर जनतालाई नजिस्क्याए ती दलको भलो हुन्छ । गगनसरको क्रेज समेत पानी खान जाला झैं देखियो – झलक सुवदेी ।’ वास्तवमा यस खाले डिस्कोर्स बढ्दै जानुको कारण अहिले नेपाली राजनीतिक समाजमा जे देखिंदै छ र हाम्रो समाज जता जांदैछ , त्यसकै प्रतिविम्व हो । अर्थात् ‘तपाईंले पार्टी बदल्नु पर्दैन–केवल मत बदले हुन्छ’ भन्ने नारा पटक्कै नेपाली माटोबाट उव्जेको विज होइन । यसको सफल प्रयोग उत्तरी अफ्रिका हुंदै युक्रेनमा समेत शानदार रुपमा सफल भएको फर्मुला हो । यसको प्रचार गर्ने रवि र वाग्लेहरु त केवल प्रचारक मात्र हुन् । के मान्नै पर्छ भने यो नारालाई उनीहरुले सहज लाग्ने गरी भट्याइरहेका छन् । त्यसमाथि गगनको खुसामतले गज्जबले काम गरेको छ नै ।


मलाई यसपटक चितवनको मनोदशा पढ्नु थियो । हामीले चितवनमा ४ दिन पूर्णरुपमा चितवनवासीको सांस्कृतिक स्तरको पतोन्मुख बेगलाई मसिनोगरि पढ्यौं । रविको चुनाव प्रचार मिहिन तरिकाले नियाल्यौं । अघिल्लो पटक रवि आक्रामक र चमक धमक थिए । यसपटक उनी मलिन र प्रतिरक्षात्मक थिए । तर मतदाता रविलाई अन्याय भएको, मुख्य ठालु दलले काम गर्न नदिएको, मुख्य भनिएका ठालु दललाई दनक दिनका लगि रविको घन्टी बाहेक उनीहरुसंग अर्को गतिलो अस्त्र नभएको देखियो ।
चितवनमा कांग्रेसको घरझगडा सर्वजनिक कचहरीमा बदलिएको छ । एकजना कांग्रेसी सज्जनले प्रकाशमान सिंह उपस्थित भएको सभामा विनासंकोच भने – ‘माओवादीको मासु खाने, एमालेका भात खाने, कांग्रेसको पैस सखाने तर भोटी घण्टीमा हाल्ने हो ।
वास्तवमा चितवनको खुलमखुला लल्लकार हो यो मुख्य दलहरुलाई । हामीले भेटेका झण्डै १सय भन्दा बढी कांग्रेस समर्थक मतदाताहरुलाई रवि कस्तो हो, के हो ? कुनै मतलव छैन । केवल उनीहरु घण्टीमा भोट हालेर देउवा र देउवाका हली गगन थापाहरुलाई सवक सिकाउन चाहन्छन् ।

प्रचण्ड– देउवा–नेपाल –भट्टराईले राज्य शक्तिको दुरुपयोग गरेर जे गरिरहेका छन्, त्यसले तनहुंका गोविन्द भट्टराई र चितवनका जितनारायणमाथि अत्याचार गरेका छन् । दुनियालाई तमासा देखाएका छन् । देउवाले मुख्य चुनावी भाषण छ – यलाई जिताइदेउ मन्त्री बनाइदिन्छु । मतदाताले उमेद्वार रहेका मनुवालाई मन्त्री बनाउन देउवाको फर्मान मान्छन् भन्ने भ्रममा मुख्य दलहरुको प्रवृत्ति नसिच्चएसम्म आउने निर्वाचनमा यी दलहरुले पूर्ण औचित्य गुमाउने निश्चित छ ।
यसपटकको चुनावमा प्रचण्डको भाषणको केही काम छैन । त्यसमाथि माधव नेपाल र बाबुराम भट्टराई त देशकै लागि चुनावी हिसवले बोझ भएका छन् भन्ने उनीहरुले कहिले बुझ्न हुन् । जसको जमिन र आकाश केही पनि छैन उसले एंग्लोभाषी ‘कोटेशन’ ‘ बृहत कोणसभा’मा भट्टाएबाट उनीहरुको मनोदशा ठिक छैन भन्न अरु कुनै तर्क गर्नु पर्दैन ।
यसपटक चितवनमा ओलीले घण्टीको राग कम गर्न सक्ने थिए । तर उनले  अन्तिम समयमा विरामी परेको सदावहार बहानामा काठमाडौंमा देउवा र दाहालसंग झुत्ति खेलेर दिन कटाएका छन् । एमालेले चितवन ‘वाकओभर’ गरेजस्तो छ  सदाका लागि । त्यहां गोकुल बास्कोटा जतिसुकै ‘भाइरल’ भएपनि सुरेन्द्र पाण्डे र विचरा गोकर्ण विष्टले पसिना पुछे पनि केही काम छैन। त्यो एक राजनीतिक पार्टीको कार्यकर्ताको कर्मकाण्ड मात्र हो । ओलीले मंसिर ४ को चुनावमा जस्तै रविलाई ‘वाकओभर’ दिएका छन् । जसका कारणले संसदभित्र ‘दाउ’ लगाउने बेलामा रबि पुनः उपयोग हुन् सकुन् ।
एमालेको संगठन र कार्यकर्ताको अवस्थामा यदि ओलीले ५ दिन चितवनमा ‘ओली–दरबार’ लगाएको भए घण्टी पछारिने प्रशस्त संभावना थियो । यो निर्वाचनमा एमालेका मतदाता आधारभूत रुपमा समालिएका छन् । तर कांग्रेका मतदाता त गाउंघरतिर भन्नेगरिएको ‘फांट फुकाएका गाईजस्ता’ छन् । तिनको वास्तविक प्रतिनिधि रवि नै हुन् । रविले जनु चरित्र निर्माण गरेका छन्। आचारण र व्यवहारले जुन संस्कृतिलाई पक्षपोषण गरेका छन्। त्यो रेमिट्यान्स र परजीवी भुईफुट्टा वर्गका लागि ठ्याक्कै मिल्ने खुला चरित्र हो ।


ओलीको शब्दका ‘तीन जना केटाहरु ‘(रवि–४८, राम– ४३, जितनारायण–४५) मध्ये बाहुबलिका रुपमा रवि खडा छन् । उनीभन्दा माथि कोही छैन । शायद त्यही भएर उनले आफै’ भौमान’ घोषित भएका छन् । सामाजिक सञ्जालतिर पनि त्यही प्रियकर भएको छ । रबिको प्रचार अभियानमा महिलाहरुको जुन तांती छ, त्यसले चितवनको सांस्कृतिक प्रहसन गरेको छ । अर्को शब्दमा नेपाली समाजलाई रेमिट्यान्सले भित्राएको पश्चिमाकरणको नांगो प्रदर्शन पनि भएको छ ।
रबिले ‘इच्छाकामनामा आफूले ४ महिनमा धेरै काम गरेको’ बताउंछन् । त्यसप्रति पनि मानिसलाई त्यति धेरै चिन्ता छैन । उनलाई कसैले सोध्छ – ‘राष्ट्रिय परिचय पत्र बनाउंदा भ्रष्ट्राचार भएछ नि ? उनले उत्तर दिन्छन् – ‘एउटा मन्त्रीले दुई दिनमा त्यो गर्न सक्छ’ भन्दै उल्टो प्रतिप्रश्न गरेर उनलाई जसले गृहमन्त्री बनाएको थियो, उसैले लगाएको गरेको प्रष्टै संकेत गर्छन । आम मतदाताको मनोदशा ‘दलका यी ठालुहरुले बर्षौंदेखि गर्न हुने रबिले किन गर्न नहुने’ भन्ने खालको बन्दै गएको छ । अनि यो समाजमा सुशासनका लागि चुनाव हुन्छ कि कुशासनको प्रतिस्पर्धाका लागि ।


नागरिकता र पासपोर्टको विषय त झन चितवनका मतदातालाई रिस उठाउने कुरा भएको छ । किन कि हरेक घरजसोका परिवारका सदस्य कोही न कोही विदेश छन् । उनले उतै ‘ग्रिन कार्ड’ बनाएका छन् । नेपाल आउंदा नेपाली नागरिकतामै घर घडेरी जोड्छन् । यदि रबि जस्ता मानिस भएनन् भने त ‘हाम्रा छोरा बुहारीको पनि नागरिकता खारेज हुने भयो’ भन्ने मनोभय खडा भएको छ । यो काण्ड मुख्य दलहरुका लागि आत्मघाती जस्तो भएको छ ।
रवि व्यवस्था, गणतन्त्र, संघीयता यी कुनै विषयमा बोल्दैनन् । केवल राम्रो गर्ने भन्छन् । गरेर देखाउंछु भन्छन् । मतदाताहरु सेल्फी खिच्छन् । एमाले र कांग्रेसतिरका छिमेकीलाई खुच्चिंग गर्छन् । रविका कारण उनीहरुलाई सजिलो भएको छ – ‘समाजवाद, लोकतन्त्र, माक्र्सवाद, गरिबको राज्य वा समाजिक प्रजातन्त्र’ जस्ता कुनै पनि कुराको बोझ दिमागमा राख्नु नपर्ने भएको छ ।
यतिबेला चितवनमा कसैले ‘हेभी लोडेड’ राजनीतिक कुरा गर्यो भने त्यसलाई पागल करार गरिदिने वातावरण बनेको छ । रविको प्रचारमा मुलधारका कुनै पनि मिडिया छैनन् । उनले मूलधारको मिडियाको रौं बराबर पनि आवश्यकता देखेका छैनन् । एक दर्जनजति युट्युवर भाइबैनीहरु उनको गाडीको अघि र पछि दौडिरहेका छन् । अमेरिकी चुनावमा रसियन ह््याकरले जस्तै गरी केही दर्जन ‘फेकरहरु’ फेसबुक र टिकटकका लागि खटाएका छन् । स्वेच्छिक रुपमा पनि विदेशमा बस्ने देशलाई गाली गर्ने जमात उनको अभियानमा जोडिएको छ । यो वास्तवमै नेपाली राजनीतिक समाजका विरुद्धको ‘खहरे’ नै हो । जहां एमालेजस्तो सुसज्ज्ति पार्टी हार खाएको छ रविको ‘साइवर वारमा’ । आधारभूत रुपमा एमालेले पनि पछिल्लो समय मूलधारको मिडियाभन्दा बढी केही दर्जन अनलाइन र सामाजिक सञ्जाललाई आफ्नो अस्त्र  बनाउने दिशमा मोडिएको छ । त्यसका लागि एमाले हेडक्वाटरमा गज्जबको संयन्त्र पनि छ । तर चितवनमा रविका अघि एमाले फिक्का छ । विहीबार निर्वाचन प्रचारको अन्तिम दिनमा गठबन्धनका शिर्षस्थको लर्को कालिकामा लागिरहेका बेला रविको जिप्रका अघि मेला लागेको छ । तर एमाले निरिह छ । एमालेले यसपटक चितवनमा आफ्ना ‘बा’लाई देख्न पाएन । जसोतसो गोकुल वास्कोटाले परम्परा धान्दिएका छन् । माओवादीको पनि कोही नेता छैन, केवल रेणु दाहालले अलिकति आफ्नो बजार विस्तार गरेकी छन् ।
तनहुँमा त स्वर्णिम वाग्लेको घण्टीमा प्रवेश र कांग्रेस उमेद्वार जिताउने जिम्मा लिएर गगन थापा त्यहीं खटिनु नै वाग्लेको विजय निश्चित थियो । वाग्ले गगनहरुको योजनामा घण्टीमा प्रवशे गरेका हुन् । वाग्लेको रोडम्याप सिधा छ । उनी घण्टीको संसदीय दलको नेता बन्नेछन् । त्यसपछि अर्को रोचक राजनीतिक ‘अविच्युरी’ शुरु हुनेछ । त्यो बेला अहिलेको ‘नायक रवि’ विचरा बन्छन् कि गगनहरुले उनको पनि उद्धार गर्छन भन्न कठिन छ । त्यही खालमा ओलीले ‘ढक बडाबड’ गर्नेछन् र त्यसमा आफू बढी मालदार बन्ने ओलीको बुझाई छ । त्यही गुत्थीका कारण नै चितवनमा एमाले टुहुरो देखिएको छ । तनहूंमा त ओलीले कहिल्यै पनि आश नगरेका मात्र होइन विलकुलै नपत्यका प्रहरी अधिकृतले गरेको फूर्तिफार्ती टिकटकमा देखेर स्वयं ओली दम्पत्ति हरेक सांझ खित्का छाडेर हांस्दा हुन् ।
यी केही रोचक दृश्यका आधारमा के भन्न सकिन्छ भने चितवन र तनहूंमा घण्टीलाई रोक्न संभव छैन । रविमाथि थपिएका वाग्लेको निर्देशनमा हुने ‘लघु चलचित्र’को प्रदर्शनका लागि अहिले नै नयां बानेश्वरको टिकट काटेर आरामले घरमा बस्नु उपयुक्त हुनेछ । प्रहसन यस वर्षको वर्खायाममा खुबै मजाले चल्ने निश्चित छ। यसको ‘ट्रेलर’ स्वरुप गगन थापाले प्रचण्डको प्रधानमन्त्री पद आसेज सम्मका लागि तोकिदिएका छन् । त्यस उपरान्त गगन थापा आफू प्रधानमन्त्री हुन चाहन्छन् ।

त्यो कसरी ?  

कसरी भने रास्वपा अब २१ सिटे पार्टी हुनेछ । सहज भए त्यसको संसदीय दलको नेता स्वर्णिम वाग्ले हुनेछन् । कथं उनी दलको नेता नभए पनि केही फरक पर्दैन । घण्टीको संदसीय दलमा पहिले नै गगनका प्रशस्त कार्यकर्ता छंदैछन्। तिनको नेता अब रवि नभएर वाग्ले हुनेछन् । संसदको वर्षे अधिवेशनको अन्तसंगै राजनीतिक दलसम्वन्धी ऐनलाई विस्थपित गर्नेगरी ‘दल विभाजनको मान्यता पाउन ४० प्रतिशत केन्द्रीय समितिमा र ४० प्रतिशत संसदीय दलको संख्या हुने पर्ने’ प्राव्धानको ठाउंमा ‘४० प्रतिशत पार्टी केन्द्रीय समिति ‘वा’ संसदीय दलमा संख्या भएमा नयाँदलको मान्यतापाउने’ व्यवसथा गरिनेछ। अध्यादेशमा केवल ‘र’ को सट्टा ‘वा’ मात्र थपिनेछ । माधव नेपालका जस्तो २० प्रतिशतमा झर्नु पनि पर्ने छैन । ‘र’ को ठाउँमा वा राख्ने विषयमा केपी ओली पहिलेदेखि  सहमत मात्र होइन यो नीतिका उनी चाणक्य हुन् गत तीन वर्षदेखि । अहिले उनी असहमत हुनु पर्ने कुनै कारण छैन । किनकि राजनीतिक ‘डाक बजारमा ‘उनको भाउ अलिक चर्कै भएको उनले पटक पटक भन्दै जो आएका छन् । अध्यादेश ल्याउने कुरामा प्रचण्ड सहमत हुने कारण ‘डाक बजार’को बडाबडभन्दा पनि घण्टीको फण्डा विर्सजन गर्ने कुरामा उनले असहमत हुनु पर्ने कारण बन्ने छैन ।
जसै यो व्यवस्था गरिन्छ, तव संभव भए रविसहित नभए रविविनाको वाग्ले समूहले २१ मध्ये कम्तीमा १२ देखि १५ सांसदसहित नयाँ दल बनाउने छन् । वाग्लेले ‘वातावरण बने संगै काम गरौंला’ भन्ने जुन बचन गगन–शेखर मूहलाई खुलारुपमा नै बताए जस्तैगरी कांग्रेसमा सहवरण गर्नेछ । त्यो हुने वित्तिकै कांग्रेस संसदीय दलमा गगन समूहले दल नेता विरुद्ध अविश्वासको प्रस्ताव मार्फत देउवालाई अल्पमतमा पारेर गगन नेता बन्ने छन् । यसो हुने वित्तिकै गगनलाई प्रधानमन्त्री हुनबाट कसैले पनि रोक्न सक्ने छैन । त्यो बेला पार्टी फुटाइदिएको भएपनि रविको पार्टी जत्रो साइजमा बच्ला उसले पनि वाग्लेलाई सरकारमा जानबाट रोक्ने शर्तमा गगनलाई समर्थन गर्नेछन् । वाग्लेको काम फत्तै भइससकेको हुनेछ ।

गगनले त्यो गर्ने बेलासम्म देउवा के रमिता हेरेर बस्लान त ? यसरी प्रश्न गर्न त सकिन्छ । तर देउवाले केवल तमासा हेर्नु बाहेक उनले चाहेर पनि केही गर्न सक्ने छैनन् । यो उपक्रम केवल गगनको महत्वाकांक्षामा भन्दा बढी विदेशी शक्तिको भूराजनीति सामरिक स्वार्थका लागि गरिएको हुनेछ । त्यो अभियानमा देउवा वाधक बन्न असंभव छ । उनका लागि अर्को महाधिवेशनसम्म सभापतिको आशन सुरक्षित गरिदिए पुगिहाल्छ ।
यो टिप्पणी केवल विश्लेषण मात्र होइन । शतप्रतिशत विश्वस्त हुनसक्ने सूचनामाथिको चित्रण हो । यो उपक्रमको सानो वाधा केवल रविले गर्ने हरकतसँगै ओलीको ‘डाक बढाबढ’ले थोरै फरक पर्ने वा केही समय लम्विने मात्र हो । अथवा प्रचण्डले नै त्यो अभियानको पनि चतुर खेलाडी बन्न सक्ने संभावना भने पुरै नकार्न सकिंदैन ।
फेरि ‘तनहुँ ट्रायल’ सफल भइसकेपछि भूराजनीतिक खुफिया दूतहरुले कमसे कम ‘गगन ट्रायलमा’ आँखा चिम्लेर लाग्न कुनै रोकावटको बहाना समेत बांकी हुने छैन ।

अर्को रमाईलो छ बारामा । उपेन्द्र यादव आफैमा सवैभन्दा नरुचाइएका राजनीतिककर्मी हुन् । सप्तरीमा सिके राउतको मुक्काले नपुगेर उनी अनेक तिकडमपछि बारामा फेरि सिके राउतको चैते कुशवाहको थप्पड खान आइपुगेका छन् । कथं उपेन्द्र यादव बाराबाट नयां बानेश्वर आइहाले भने पनि उनी त्यति प्रभावकारी पात्र हुने छै्नन् । यो रिपोर्ट तयार गर्ने बेलासम्म उपेन्द्र यादवले ‘हर्न’लाई पच्छ्याइरहेका छन् । तर मधेशमा निर्णायक चुनाव मौन अवधि शुरु  भएपछि मात्र देखिने हुनाले उनी हर्नलाई छाता ओढाउने तहमा उक्लन पनि सक्छन् । त्यहां विचरा  राजनीतिक पार्टी खोलेर रमाइलो गरेका आफूलाई मात्र ‘अव्वल’ ठान्ने प्रहरी अधिकृतले आफ्नो ‘व्रान्डिंगसम्म’ गर्न मुश्किल भइरहेको देखिंदैछ । यसपटक वारामा एमालेका पुरुषोत्तम पौडेल पनि निरिह नै बनेका छन् । कारण माथि नै भनिसकियो। बालकोटको बार्दलीबाट बाले बैशाखको तेस्रो हप्ता हुने राजनीतिक ‘डाक बढाबढ’मा उपेन्द्रमाथि पनि ‘बा ‘हावी हुन चाहन्छन् । यसै पनि बारामा चितवनमा जस्तो ‘बा ‘को सक्रियताले चुनाव जित्न सकिने अवस्था थिएन ।

 

उपनिर्वाचन विशेष :  रवि प्रतिरक्षात्मक, एमाले उत्साही, कांग्रेस अलमलमा (भिडियो वार्ता सहित)

 

खरिद ऐन मिचेर लामिछानेले जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि र ठेक्का दुवै खारेज

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com