ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र ओमान भिड्दै


एबीसी / संवाददाता
८ बैशाख २०८०, शुक्रबार   ८ : ३३   बजे

काठमाडौँ, ८ वैशाख । एसिसी मेन्स प्रिमियर कपमा घरेलु टोली नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने छ । जितका साथ आफ्नो ५०औँ एकदिवसीय खेल विशेष बनाउने नेपालको लक्ष्य छ ।

नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ । समूहको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । ओमानले पनि कतारलाई ४० रनले पराजित गर्‍यो । दुवै टिम एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन् । विश्व क्रिकेट लिगमा ओमानले दोस्रो र नेपालले तेस्रो हुँदै एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान बनाएका थिए ।

नेपाल र ओमानबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ४ खेलमा हार बेहोर्दा दुईमा जित निकालेको थियो । पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकामा भएको खेलमा भने नेपाल ७ विकेटले विजयी भएको थियो । ओमान तीन वर्षपछि नेपाल आएको हो ।

सन् २०२० मा नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिजबाट लिग–२ को सुरूवात भएको हो । घरेलु मैदानमा नेपाल ९ खेलदेखि अपराजित छ ।

जारी प्रतियोगिताअघि भएको अभ्यास खेलमा पनि नेपालले ओमानलाई ५ विकेटले हराएको थियो । नेपाल २ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । सामान अंक जोडेको ओमान दोस्रो स्थानमा छ ।

२०१८ मा एकविदसीय मान्यता पाएको नेपालले ओमानविरूद्ध आजको प्रतिस्पधापछि ५० एकदिवसीय खेल पूरा गर्नेछ । यो खेलमा विजयी हुँदै ५०औँ एकदिवसीय विशेष बनाउने नेपालको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group