ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाख्रापालनको व्यावसायीकरणमा जोड


एबीसी न्यूज
१० बैशाख २०८०, आइतबार   ३ : ३१   बजे

काठमाडौं, १० बैशाख । बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ । पकेट कार्यक्रममा सहभागी रहेका ५५ किसानलाई प्रतिव्यक्ति एक/एकका दरले माउ बाख्रा वितरण गरिएको गाउँपालिकाका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्राङी बताउनुहुन्छ ।

“बाख्रापालनको राम्रो सम्भावना बोकेको यस गाउँपालिकामा व्यावसायिक बाख्रापालनमा किसानले जोड दिएकाले बाख्रापालनमा सहयोगका कार्यक्रममा प्राथमिकता दिइएको छ”, उहाँले भन्नुभयो । पकेट कार्यक्रममा यहाँका एक सय ३४ घरपरिवार सहभागी छन् ।

परियोजनाको सहयोगमा ५५ जनालाई माउ बाख्रा तथा अन्य किसानलाई तालिम, आवश्यकताका आधारमा औषधि, घाँसको बीउलगायत सामग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा पालिकाबाट विनियोजित रु पन्ध्र लाख र सङ्घीय सरकारको रु दश लाख सहयोगमा माउ बाख्रा तथा बोका, विभिन्न मेसिनरी सामग्री किसानलाई उपलब्ध गराइएको छ ।

निस्दीका वडा नं ४ र ५ मा दुई बाख्रा पकेट क्षेत्र छन् । बाख्रापालनलाई व्यावसायीकरण गर्न बाख्रा सहयोग, खोर सुधार लगायतका कार्यक्रममा पालिकाले सहयोग गरिरहेको छ । पछिल्लो समय यहाँका स्थानीयले बाख्रापालनबाट आम्दानीको स्रोत बढाउँदै गएका पालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताउनुभयो । प्रशस्त चरन क्षेत्र भएकाले किसानले व्यावसायिक बाख्रापालन गरेर मनग्य आम्दानी लिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu