ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुन निर्माण गर्न माग


एबीसी न्यूज
२० बैशाख २०८०, बुधबार   ३ : ११   बजे

काठमाडौं, २० बैशाख । सञ्चार क्षेत्रका विज्ञहरुले नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माण गर्नुपर्ने माग गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस ९३ मे, २०२३० का अवसरमा नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक तथा अन्तरक्रिया’मा विज्ञहरुले संविधान जारी भएको आठ वर्षसम्म पनि सञ्चारसँग सम्बन्धित कानुन निर्माण हुन नसकेको भन्दै जतिसक्दो चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संविधानमा व्यवस्था भएको प्रेस स्वतन्त्रतासम्बन्धी हकको उपयोगको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्य र डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रताका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले सञ्चारसम्बन्धी कानुन निर्माणका लागि सरोकारवाला निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

महासङ्घले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ५५ घटना भएका छन् । मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हननका उक्त घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । गत वर्ष यही अवधिमा ७५ घटना अभिलेख भएका थिए । यसबाट ९३ पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएका छन् ।

महासङ्घको सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार यी घटनामा एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई घटना भएका छन् । कब्जा अवरोधका सात, दुव्र्यवहार तथा धम्कीका २४ र आक्रमणका ११ घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका दुई, विस्थापन एक र पेसागत असुरक्षाका ५५ घटना भएका छन् ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्ति पनि बढेका छन् । सामाजिक सञ्जालमार्फत पत्रकारलाई पनि धम्कीका सन्देश पुग्ने गरेका छन् । यस्ता धम्कीको आधिकारिक तथ्याङ्क नभए पनि पत्रकार महासङ्घका विभिन्न तहको नेतृत्व गर्ने नेतृत्वकर्तासँग संवादका आधारमा यो सङ्ख्या सामान्य रूपमा अनुमान गरेभन्दा धेरै हुनसक्ने महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

त्यसैगरी इन्टरनेटको विकाससँगै सुरु भएको डिजिटल पत्रकारिता चुनौती र अवसरका बीचमा रहेको महासङ्घको भनाइ छ । कमजोर साइबर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यममा अनाधिकृत प्रवेश गरी समाचार हटाउनेजस्ता घटना बढ्न थालेको महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्णपालना नहुँदा पत्रका पारिश्रमिकबाट वञ्चित हुनुपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group