ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच सय र हजारको नक्कली नोटसहित दुईजना पक्राउ


एबीसी / संवाददाता
२३ बैशाख २०८०, शनिबार   ७ : ५८   बजे

काठमाडौँ, २३ वैशाख । नेपाल प्रहरीले रु पाँचसय र एक हजारको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले गोकर्णेश्वरको नयाँ बस्ती क्षेत्रको किराना पसलमा सम्झनाले नक्कली नोटबाट रिचार्ज कार्ड किनिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी सम्झनासँग सोधपुछका क्रममा बागबजारको युनिक होटलमा कोठा लिई बस्ने हलुवालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकासँग एक हजारको ४९ थान नोट बरामद गरेको छ ।

पक्राउ परेकासँग प्रहरीले प्रिन्ट गरेको काट्न बाँकी एक हजारको नोट १२६ थान, तयारी ५०० को नोट दुई थान, प्रिन्ट गरेको काट्न बाँकी ५०० को नोट ६० थान, पिन्ट मेसिन एक थान, प्रयोग गरिसकेको रिचार्ज कार्ड एक चार थान, कृषि विकास बैँकको चेकबुक एक थान, नागरिकता एक थान, फोटोकपी पेपर एक रिम र दुईथान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२२ बमोजिम मुद्रासम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group