ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरआवासीय नेपाली सङ्घको १५औँ क्षेत्रीय सम्मेलन सम्पन्न


एबीसी न्यूज
२५ बैशाख २०८०, सोमबार   १ : १४   बजे

काठमाडौं, २५ बैशाख । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको १५औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा आज सम्पन्न भएको छ ।

तीन दिनसम्म चलेको सम्मेलनमा परराष्ट्रमन्त्री नारायणप्रकाश एनपी साउद, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेकपा ९माओवादी केन्द्र०का नेता तथा संविधानसभा सदस्य खिमलाल देवकोटालगायतको विशेष उपस्थिति थियो ।

सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधि स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रक्रिया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषदबीचको सञ्जालबारेमा छलफल भएको सङ्घले जनाएको छ ।

सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएनबीचको व्यापक एकता मिलाप एनआरएनए मेगा प्रोजेक्ट, नेपाल प्रवद्र्धन, रु १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरणलगायतका विषयमा समेत व्यापक छलफल भएको थियो ।

सम्मेलनमा विश्वका ३९ देशका करिब तीन सय प्रतिनिधि सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिको सुझावका आधारमा १४ बँदे प्राग घोषणापत्र जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu