ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन सुरु


एबीसी न्यूज
२५ बैशाख २०८०, सोमबार   १ : २५   बजे

काठमाडौं, २५ बैशाख । काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनी सहमत भएपछि तार हटाउन सुरु गरिएको हो ।

महानगर बलका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार आज बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यही वैशाख २७ गतेभित्र अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौँ महानगरसहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो ।

त्यसलगत्तै महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो । वैशाख २७ गतेसम्म सरोकारवाला निकायले तार नहटाए महानगरपालिका आफैंले तार हटाउने तयारी गरिरहेको महानगर बलका प्रहरी उपरीक्षक लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोको छलफलमा आजदेखी नै तार हटाउने विषयमा सहमति भएको छ, आजबाट नै तार हटाउने कार्यक्रम सुरु हुन्छ ।” आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ आइस्पान ले जनाएको छ । सहमतिअनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group