ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला वन कार्यालयविरुद्ध अख्तियारमा उजुरी


एबीसी न्यूज
१८ माघ २०७४, बिहिबार   ९ : १०   बजे

इनरुवा, १८ माघ ।   काठ लिलामीमा कार्यालय प्रमुख सहितका कर्मचारीले आर्थिक प्रलोभनमा परी अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुुुुसन्धान आयोगमा जिल्ला वन कार्यालय सुनसरीविरुद्ध उजुरी परेको छ ।

काठ लिलामसम्बन्धी कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवी प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी आर्थिक प्रलोभनमा परी कार्यालय प्रमुख सहितका अन्य कर्मचारीले लिलाम गरेको आरोपसहित अख्तियारमा स्थानीयवासीले उजुरी गरेका हुन् ।

स्थानीयवासीले गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगको कार्यालय इटहरीले जिल्ला वन कार्यालय सुनसरीलाई सो विषयमा के कसो भएको हो ? कागजात सहितको विवरण वास्तविकता खुलाई १५ दिनभित्र अनुसान्धान शाखा नं १ मा आइपुग्ने गरी पठाउन आदेश दिएको छ ।

अख्तियारका शाखा अधिकृत नीलकण्ठ विश्वकर्माले जिल्ला वन आपूर्ति समिति, सुनसरीमा चार वर्षअगाडि काठ माग गरिएको निवेदन दिएकामा हालसम्म पनि उपलब्ध नगराएको जिल्ला वन कार्यालयअन्तर्गत उत्पादन भएका काठ वन आपूर्ति समितिमार्फत बिक्री–वितरण नगरी स्थानीय जनता तथा दैवी प्रकोपमा परेका मानिसलाई चार वर्षदेखि काठ वितरण नगरी आर्थिक वर्ष २०७३÷७४ मा करिब ४० हजार क्यू. फिट काठ व्यवसायीसँग मिलेमतो गरी लिलामी प्रथाबाट बिक्री–वितरण गरेको उजुरी परेकाले सो विषयमा खुलाई पठाउनका लागि वन कार्यालयलाई पत्र लेखेको जानकारी दिनुभयो ।

यता वन कार्यालयले अख्तियारको पत्र पाएपछि त्यसको २ पेज लामो जवाफ लेखेको छ । वनले आफ्नो बचाउ गर्दै मिलेमतोमा कार्य नगरेको दाबी सहितको माघ १४ गते अख्तियारलाई जवाफ लेखेको कार्यालय स्रोतले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन रास्वपा सांसदको माग

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

निर्वाचन प्रहरीमा भर्ना भएकी युवतीसँग होटलमा भेटिएपछि प्रहरी सईमाथि छानबिन

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्दै, ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन टुंगिँदै

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सम्पन्न, रमेश पौडेल अध्यक्षमा निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu