सिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सिड्नीमा सम्पन्न भएको छ। अधिवेशनले रमेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपक पहारी, सचिवमा मिलन पाठक र सहसचिवमा किशोर भण्डारी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुँवर, रविन भुसाल, गणेशराज गौतम, मोहन शर्मा र तेजविक्रम मल्ल रहेका छन्।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य तथा मञ्चका उपसचिव प्रभुराम थापाको विशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय सल्लाहकार डा. विनोद श्रेष्ठ, उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टरका अध्यक्ष विष्णु हमाल, एनआरएनए एनएसडब्लू संयोजक उषा वारिया तथा जनसम्पर्क समिति अस्ट्रेलियाका महामन्त्री रोहित खड्कालगायतका अतिथिहरूको उपस्थिति थियो।
उनीहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच सहकार्य, एकता र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन प्रवासी नेपाली मञ्चले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेका थिए।
अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता केशव जोशीले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रकाश पन्थीले गरेका थिए।
अधिवेशनको बन्द सत्रमा अध्यक्ष केशव जोशीले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दिपक पहारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।
प्रतिवेदनमा अघिल्लो कार्यकालमा भएका संगठनात्मक गतिविधि, आर्थिक अवस्था तथा आगामी दिनमा संगठनलाई थप प्रभावकारी बनाउने विषय समेटिएको थियो।
नयाँ नेतृत्व चयनसँगै प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले आगामी कार्यकालमा संगठन विस्तार, नेपाली समुदायका सरोकार सम्बोधन तथा अस्ट्रेलियामा रहेका नेपालीबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाका विभिन्न राज्य तथा शहरमा नेपाली समुदायको उपस्थिति बढ्दै गएको अवस्थामा प्रवासी नेपालीका सामाजिक, सांस्कृतिक तथा सामुदायिक विषयलाई संगठनात्मक गतिविधिसँग जोड्नु नयाँ नेतृत्वको महत्वपूर्ण जिम्मेवारी हुने देखिन्छ।
अधिवेशनको अन्त्यमा प्रमुख अतिथि रमेश पाण्डे, विशेष अतिथि प्रभुराम थापा, ओएनएफ अन्तर्राष्ट्रिय सदस्य शिशिर नेपाल र माधव शाह, अस्ट्रेलिया उपाध्यक्ष राम घिमिरे, निर्वाचन प्रमुख होम पाण्डे, ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्यायलगायतका अगुवाहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।
निर्विरोध रूपमा नयाँ नेतृत्व चयन हुनु तथा राजनीतिक–सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित हुनुले प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको आगामी कार्यकालका लागि संगठनभित्र सहमति र एकताको आधार तयार भएको सन्देश दिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्