ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमन्त्री रायमाझीलाई पक्रन देशभर पत्राचार


एबीसी / संवाददाता
२६ बैशाख २०८०, मंगलबार   ९ : २४   बजे

काठमाडौँ, २६ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न जिल्ला परिसर काठमाडौँले देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ ।

काठमाडौँ जिल्ला आदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका छन् । रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ ।

गत बुधबार पक्राउ पुर्जी जारी भएपछि रायमाझीले काठमाडौँ पुगेर अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएका थिए । तर, त्यसै साँझदेखि उनी मोबाइल बन्द गरेर भागेका हुन् । प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई नै फोन गरेर आफैँ उपस्थित हुने बताएपछि उनलाई पक्राउ गर्न खटिएको प्रहरी पनि फिर्ता भएको थियो ।

काठमाडौँ प्रहरी परिसरले रायमाझीलाई बुटवलबाटै पक्राउ गर्ने तयारी थियो । तर, काठमाडौँ ओर्लिनासाथ पक्राउ गर्ने बुझेपछि रायमाझी साँझबाट सम्पर्कविहीन भएका थिए । उनका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट त्यसैदिन पक्राउ गरेको थियो ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई र टंक गुरूङ पनि थुनामा छन् ।

यसैगरी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छोडेको छ । सोमबार अपरान्ह काठमाडौँ प्रहरी परिसरमा पुगेका खाडलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराइएको प्रहरीले जनाएको छ ।

खाणले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Federal Reserve Chair Signals Potential for Further Rate Hikes to Combat Inflation

Israeli Airstrike Kills Three Palestinians in West Bank’s Jenin

Nepal PM Shah Details Ongoing Flood Response and Recovery Efforts

Nepal Receives Over $14 Million in Disaster Relief Funds Following Flash Floods

Nepal Flash Floods Claim 579 Lives, Nearly 2,000 Remain Missing

Canada’s Economy Rebounds Strongly In Q2 Despite US Tariff Concerns

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu