ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रगत चिस्यान केन्द्र निर्माणमा सहयोग गर्न रेडक्रसको आह्वान


एबीसी न्यूज
२६ बैशाख २०८०, मंगलबार   १२ : २६   बजे

काठमाडौं,२६ बैशाख । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा रक्तसञ्चार सेवाका लागि अत्यावश्यक रगत चिस्यान केन्द्र निर्माणका लागि सहयोग गर्न आह्वान गर्दै यसका लागि ‘मनैदेखि सेवा’ अभियान सुरुआत गरेको छ ।

विश्व रेडक्रस दिवसका अवसरमा सोमबार जिल्ला शाखाले आयोजना गरेको पदयात्रा एवं आर्थिक सङ्कलन अभियान कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले ‘मनैदेखि सेवा’ अभियान शुभारम्भ गर्नुभएको हो ।

उहाँले समाज सेवामा समर्पित रहँदै आएको रेडक्रसले सञ्चालन गरेको मनैदेखि सेवा अभियानमा सबैको सहयोग आवश्यक रहेको जनाउँदै रगतको अभाव हुन नदिन लागिरहेको रेडक्रसको सेवा अझै प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले ‘रगत नपाए भक्तपुर जानु’ भन्ने अभियानले अहिलेसम्म रगतको अभाव हुन नदिएको बताउँदै यो अभियानलाई अझै प्रभावकारी बनाउन रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रलाई अत्यावश्यक रहेको चिस्यान केन्द्र निर्माण गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रेडक्रस भक्तपुरमा विगतमा रगत चिस्यान केन्द्र थियो, तर २०७२ सालको महाभूकम्पमा क्षति पुग्यो, त्यसैले अत्यावश्यक चिस्यान कक्ष निर्माणका लागि आर्थिक सङ्कलनका लागि ‘मनैदेखि सेवा’ अभियान सुरु गरेका हौँ ।”

आगामी जेठ ३१ गते विश्व रक्तदाता दिवसको दिनसम्म आर्थिक सङ्कलन गरी अभियान सम्पन्न गर्ने र त्यसलगत्तै चिस्यान केन्द्र निर्माण गरिने उहाँले बताउनुभयो । अभियान सुरु भएकै दिन चिस्यान केन्द्र निर्माणका लागि रु दुई लाख सङ्कलन भएको सभापति थापाले जानकारी दिनुभयो । दिवसका अवसरमा शाखाले प्रभातफेरि कार्यक्रम आयोजना गरेको थियो । भक्तपुर नगरका विभिन्न क्षेत्रमा प्रभातफेरि गरी कार्यालयमा आएर अभियानको शुभारम्भ गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu