ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ३ को पहिलो अधिवेशन आजबाट हेटौंडामा सुरु, बिहानैदेखि बैठक बस्ने अभ्यास सिक्दै


एबीसी न्यूज
१८ माघ २०७४, बिहिबार   १० : १०   बजे

काठमाडौं, १८ माघ । प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । सात प्रदेशमध्ये प्रदेश नं ३ को अधिवेशन सबै प्रदेश भन्दा पहिले हुन लागेको हो ।

बैठकमा सहभागी हुन प्रदेश प्रमुख, १३ जिल्लाका प्रदेश सांसद् बैठक स्थल पुगिसकेका छन् । अधिवेशन हुने क्षेत्रीय शिक्षा निर्देशनालयको भवन झकिझकाउ पारिएको छ । पहिलो बैठक हेर्न र त्यसको समाचार सम्प्रषण गर्न पुगेका सञ्चारकर्मी लगायतको उपस्थिती निकै बाक्लो रहेको छ ।

विहानै देखी बैठक वस्ने अभ्यास सिक्दै

बुधबार साँझ बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूची तयार पारेको थियो । कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छन् । जेष्ठ सदस्य भएकाले डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्नेछन् । त्यसपछि उनले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।
दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिने छ ।
त्यसैगरी कार्यविधि पारित गरिसकेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने सदस्यहरुको टीम घोषणा गरिने प्रदेश संसदको कार्यसूचीमा उल्लेख छ ।

बैठकको अन्तिममा अन्तरिम कार्यविधि २०७४ को दफा ९६० को उपदफा–१ अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ र त्यसपछि विहीबारको बैठक समाप्त हुनेछ । प्रदेश ३ मा काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै यस प्रदेशमा सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, नुवाकोट, धादिङ, रसुवा र चितवन जिल्ला समेटिएका छन् ।

यो प्रदेशसभामा एमालेको एकल बहुमत छ भने संसदमा कांग्रेस, एमाले, माओवादी, विवेकशील साझा, नयाँशक्ति, राप्रपा, नेमकिपा र राप्रपा प्रजातान्त्रिक समेत ८ दलको प्रतिनिधित्व छ भने प्रदेश ३ मा ११० सदस्यीय संसद छ ।र यो सातैवटा प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेशसभा हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुन सक्रिय, ६ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

प्रतिनिधिसभा बैठक आज : चार मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

सम्बन्धित

बेसार : भान्साको सामान्य मसला कि ‘चमत्कारी’ औषधि ? करक्युमिनबारे वैज्ञानिक प्रमाणले के भन्छ?

डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, राष्ट्र बैंकले नयाँ विनिमयदर तोक्यो

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu