ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दूध उत्पादनको केन्द्र बनाउँदै बागमती प्रदेश


एबीसी न्यूज
२८ बैशाख २०८०, बिहिबार   १२ : ५५   बजे

काठमाडौं, २८ बैशाख । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशलाई दूध उत्पादनको केन्द्र बनाउने योजना अघि सारेको छ । मन्त्रालयले प्रदेशभित्रका तराईका जिल्लामा ३० हजार लिटर दूध सङ्कलन क्षेत्र र पहाडमा पाँच हजार लिटर दूध सङ्कलन हुने क्षेत्रलाई समेटेर दूध ‘जोन’ बनाउन सुरु गरेको हो ।

मन्त्रालयका सचिव डा शरण पाण्डेका अनुसार यस आर्थिक वर्षमा चितवन, काभ्रे र ललितपुरमा गरी पाँच जोन बनिसकेका छन् । चितवन र काभ्रेमा दुई÷दुई जोन बनेका छन् भने ललितपुरमा एउटा बनेको छ ।

आगामी आवमा यो सङ्ख्यालाई बढाउँदै लैजाने मन्त्रालयको योजना छ । दूध जोन बनिसकेपछि सो क्षेत्रमा रोगविरुद्धको सुई दिने, पशु आहारको कार्यक्रम लैजाने, दूध उत्पादन वृद्धिका अन्य कार्यक्रम अघि सार्ने, प्राविधिक सेवा दिने, नश्ल सुधारका कार्यक्रम सञ्चालन गर्ने, व्यावसायिक ढङ्गबाट गोठ सुधारका कार्यक्रम गरिँदैछ ।

जोनभित्र दूध कम आएका पशुलाई सुधार गर्न गाईभैँसी पुनःस्थापना केन्द्रसमेत बनाइँदैछ । ती पशुलाई उपचार गरेर पूर्ववत् अवस्थामा फर्काइ पुनःकिसानलाई दिइनेछ । चालु आवमा ढिलो गरी कार्यक्रम सुरु भएकाले रु एक करोड हाराहारी खर्च गरिँदै छ भने आउँदो वर्ष जोन थप्ने गरी बजेट विनियोजन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार नेपालमा वार्षिक २५ लाख मेट्रिकटन दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये बागमती प्रदेशमा छ लाख मेट्रिकटन दूध उत्पादन हुन्छ । एक जनालाई वार्षिक ९१ लिटर दूध आवश्यकपर्ने तथ्याङ्क छ । आत्मनिर्भर हुनेगरी दूध उत्पादन गर्न जोनको अवधारणा ल्याइएको उहाँले बताउनुभयो ।

जोनका लागि दूध नपुगेको अवस्थामा दूध बढाउने अन्य कार्यक्रम लगेर जोनमा परिणत गर्ने गरी प्रदेशले कार्यक्रम अघि सारेको उहाँ बताउनुहुन्छ । जोनभित्र एक÷दुई पशु पाल्नेलाई एकीकृत गरी एकै ठाउँमा एकै व्यक्तिले हेर्नेगरी कम लागतमा दूध उत्पादन गर्न उत्प्रेरणासमेत यसै कार्यक्रममार्फत गरिँदैछ ।

जोनभित्रका दक्ष र अनुभवी कृषक तथा साना किसानलाई सीप आदानप्रदान गर्नेगरी कार्यक्रम अघि सारिएको छ । अनुभवी किसानको फार्मलाई लाइभस्टक इपिसेन्टरका रुपमा विकास गर्ने योजना बनाइएको उहाँ बताउनुहुन्छ । दूध जोनलाई विस्तार गर्दै लगेर समग्र प्रदेशलाई दूध उत्पादनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । पाण्डेले भन्नुभयो, “किसान र हामी सँगसँगै दूध उत्पादन वृद्धि गर्न लाग्ने गरी जोनको विकास गर्दैछौँ ।”

मन्त्रालयद्वारा स्वीकृत पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ अन्तर्गत दूध जोन निर्धारण गरिएको हो । चितवनका भरतपुर महानगरपालिकाका आठ र रत्ननगर नगरपालिकाका ११ गरी १९ वडालाई दूध जोन निर्धारण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका प्रमुख सुशील केसीका अनुसार भरतपुरका वडा नं १३, १४, १५, १६, २२, २१, ५ र ६ लाई समेटेर दूध जोन निर्धारण गरिएको छ । रत्ननगरका वडा नं ८, ९, १०, ११, १२, १३, १४, १५, १६, ३ र ५ लाई दूध जोन क्षेत्र तोकिएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध जोन कार्यक्रमले दूध उत्पादन वृद्धिमा सघाउने बताउनुभयो । उहाँले किसानले माग गर्दै आएको कार्यक्रम प्रदेशले ल्याएको जनाउँदै यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो माग हो, यसले परिणाम दिन्छ, जुन विधि अपनाइएको छ, यो अत्यन्त राम्रो छ ।”

दूध उत्पादन वृद्धिका लागि महत्वपूर्ण हुने जनाउँदै उहाँले यसले साना किसानलाई व्यावसायिक बनाउन प्रेरणा दिने बताउनुभयो । यो कार्यक्रमसँगै बाच्छी हुर्काउने कार्यक्रम थप गर्न आफूहरुले माग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाच्छी हुर्काउने कार्यक्रम भयो भने भारतबाट गाई आयात गर्नु पर्दैन ।

प्राविधिकको प्रत्यक्ष निगरानीमा जोन कार्यक्रम सञ्चालन भइरहेको भन्दै उहाँले यसबाट किसान प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यो कार्यक्रमसँगै उत्पादन बढ्ने अपेक्षा किसानको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group