ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोराको शव ल्याउन नपाउँदा परिवार तनावमा


एबीसी न्यूज
१८ माघ २०७४, बिहिबार   १० : १८   बजे

 

कञ्चनपुर, १८ माघ ।   ऋण काढेर विदेश पठाएको छोराको एकाएक मृत्यु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका शेरबहादुर विश्वकर्माको परिवार शव स्वदेश ल्याउन नपाउँदा तनावमा परेको छ ।

तीन महिनाअघि साउदी अरबको जुविल सेन्टरमा रहेको खालिद अल जुविल कम्पनीमा कार्यरत २८ वर्षीय रमेश विश्वकर्माको मृत्यु भएपछि परिवारले शव ल्याउन नपाउँदा तनावमा परेका हुन् ।

तीन वर्षअघि पैसा कमाउन गएको छोरा अढाई वर्ष काम गरेर तीन महिनाको बिदा लिएर घर फर्किएको थियो, शेरबहादुरले भन्नु भयो, “त्यसपछि पुनः सोही कम्पनीमा काम गर्न फर्कियो ।” “एक महिनापछि घर फिर्ता हँदैछु भनेर खबर गरेको थियो । काममा गएको एक वर्ष नबित्दै मृत्युको खबर पाइयो,” उहाँले भन्नुभयो ।

“बस्दै आएको कोठामा आत्महत्या गरेको भनेर गत साउन २९ गते खबर पाइएको थियो त्यसपछि शव स्वदेश ल्याउनका लागि विभिन्न निकायमा धाए पनि शव ल्याउन सकेका छैनौँ,” उहाँले भन्नुभयो । शव ल्याउनका लागि साउदी अरबस्थित दूतावास, काउन्सिलर विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयमा निवेदन दिनाका साथै प्रधानमन्त्री, मन्त्री र सांसद सबैलाई भेटेर गुहार गर्दा आश्वासन मात्रै पाइएको मृतकका दाजु नाता पर्ने ईश्वर सुनारले बताउनुभयो ।

राजदूतावासले शव स्वदेश ल्याउनका लागि पहल भइरहेको भने पनि अहिलेसम्म पाउन नसकेको उहाँले बताउनुभयो । घरका सबै जनाले मृतकको मुख हेर्ने भन्छन् उहाँले भन्नुभयो, “शव ल्याउन निकै कसरत गरेपनि केही सीप लागेको छैन ।”

घरमा सधैँ रुवावासी चल्छ, शव ल्याउन नपाउँदा निकै तनावमा परिवार रहेको उहाँले बताउनुभयो । सबै क्षेत्रबाट आश्वासन मात्रै पाइने शव ल्याउनका लागि कुनै निकायले पहल नगरिदिँदा निकै मर्कामा परेको उहाँले बताउनुभयो ।

रोजगारदाता कम्पनीले नौ महिनाको तलबसमेत परिवारलाई उपलब्ध गराएको छैन । वैदेशिक रोजगारको कमाईले घरपरिवारले आर्थिक अवस्थामा सुधार आउने आशा गरेका परिवारको कमाउने छोराको मृत्युसँगै सबै सपना चकनाचुर भएको छ ।

दुई छोरी, श्रीमती, आमाबुबा र दुई भाइ मृतककै कमाईमा निर्भर रहेका थिए । मृतकका परिवारले शव स्वदेश ल्याउनका लागि पहल गरिदिन सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन रास्वपा सांसदको माग

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

निर्वाचन प्रहरीमा भर्ना भएकी युवतीसँग होटलमा भेटिएपछि प्रहरी सईमाथि छानबिन

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्दै, ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन टुंगिँदै

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सम्पन्न, रमेश पौडेल अध्यक्षमा निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu