ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुदान उत्पादनमा प्रेरक


एबीसी / संवाददाता
२९ बैशाख २०८०, शुक्रबार   ७ : ४३   बजे

गण्डकी, २९ वैशाख । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकी छन् । विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छन् । दश बाख्राबाट सुरु गरेकी उनका खोरमा हाल २४ बाख्रा भइसकेका छन् । गएको दसैँमा घरमा मासुको व्यवस्थासँगै पाँच पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता तिरेको गुरुङ बताउँछिन् ।

विगतमा बाँदरका कारण अन्य खेती गर्न नसकेका अवस्थामा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको ‘नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)’बाट प्रदान गरिएको अनुदान सहयोगले यतिखेर गुरुङजस्तै गाउँका २४ महिला बाख्रापालनमा लागेका छन् । अन्नपूर्ण पशुपालक समूहमा आबद्ध उनीहरू यतिखेर बाख्रापालन सक्रिय बनेका हुन् ।

आयोजनाले मासु उत्पादन मूल्य शृङ्खलाअन्तर्गत सम्बन्धित व्यक्ति एवं संस्थाको २० प्रतिशत र बैंकको ३० प्रतिशतः ऋण लगानीसहित आयोजनाबाट ५० प्रतिशत अनुदान दिने गरी प्रस्ताव आह्वान गरेकामा उक्त समूहले सबै प्रक्रिया पुर्याएर सो अनुदान सुविधा लिएको थियो । बाख्रापालनका लागि कुल एक करोड ९८ लाख लगातमध्ये स्वलगानी ३९ लाख, बैंकको ५९ लाख र आयोजनाको ९९ लाख ४३ हजार रहेको अन्नपूर्ण पशुपालक समूहका सचिव अप्सरा श्रेष्ठले जानकारी दिइन् । समूहले आयोजनासँग २०७८ भदौमा सम्झौता गरेको हो ।

आयोजनाअन्तर्गत सुधारिएका खोर निर्माण, खरी बाख्रा तथा ५० प्रतिशत बोयर बोका खरिद, बाख्रापालन व्यवसायीकरण, आधुनिकीकरणले खोरमा यतिखेर बाख्राका पाठा हुर्किँदै छन् । समूहका कतिपयले बिक्रीसमेत गर्न थालेको श्रेष्ठ बताउँछिन् ।

“अनुदानले स्वरोरजगार बनाउन टेवा पुर्याएको छ”, उनले भनिन्, “दैनिक १९ किलो मासु उत्पादन गर्ने दीर्घकालीन योजना छ ।”

समूहले उत्पादित मासुको बजार व्यवस्थापन गरिसकेको उल्लखे गर्दै उनले उत्पादित बाख्रा, पाठा घर–घरबाटै बिक्री हुन थालेको समूहका अर्की सदस्य दुर्गा विक बताउँछिन् ।

आयोजनाकै अनुदानप्राप्त पोखरा महानगरपालिका–३१ चक्रदेवी गुणस्तरीय दुध उत्पादन केन्द्रले सम्झौताअनुसारका काम सम्पन्न गरी अनुदान सहयोगको सम्पूर्ण किस्ता भुक्तानी गरिसकेको छ । अनुदान सम्झौताअनुसार कुल लागत एक करोड ३३ लाखको ५० प्रतिशत अनुदान एवं स्वलगानी २० प्रतिशत र बैंकको ३० प्रतिशत ऋण लगानी गरी गाईगोठ निर्माण, गाई खरिद र आवश्यक मेसिन औजार खरिद गरिएको केन्द्रका व्यवस्थापक इन्द्रप्रसाद तिवारीले जानकारी दिए ।

आयोजानबाटै अनुदान प्राप्त गरी जिल्ला सहकारी संघ लिमिटेड कास्कीले दुग्ध प्रशोधन केन्द्रको क्षमता विस्तार गरेको वरिष्ठ व्यवस्थापक भोजराज घिमिरेले बताए । विसं २०५७ देखि एक हजार लिटर दुध संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको केन्द्रले अनुदान सहयोग प्राप्त भएसँगै हाल दुई हजार पाँच सय लिटर दुध संकलन, प्रशोधन र बजारीकरण गर्न थालेको छ ।

“उपआयोजनापूर्व दुध, दही र पनिर मात्र उत्पादन हुन्थ्यो, अनुदान सहियोगपछि आइसक्रिम, खुवा, मिठाईलगायत वस्तु पनि विविधिकरण गरिएको छ”, उनले भने । उपआयोजना सञ्चालनपश्चात ५० जनाले प्रत्यक्ष र एक सय जनाले अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

आयोजनाअन्तर्गत गण्डकी प्रदेशका जिल्लामा कुल २४१ अवधारणापत्र प्राप्त भएकामा एक सय ७८ फार्म एवं संस्था स्वीकृत भएको पूर्ण प्रस्ताव तालिम तथा मूल्यांकनपछि ७४ उपआयोजनासँग सम्झौता भएको विकेन्द्रीकरण आयोजना सहयोग एकाइ पोखराका निमित्त प्रमुख डा प्रकाश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu