ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगालको खाडीमा देखापरेको शक्तिशाली चक्रवतले नेपालमा कस्तो असर पर्ला


एबीसी न्यूज
२९ बैशाख २०८०, शुक्रबार   २ : ३९   बजे

 

एवीसी वैशाख, २९ काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् ।

नेपालमा यसको असर कस्तो रहला एवीसी टेलिभिजनको प्रश्नमा जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद शान्ति कँडेल भन्छिन्, ‘हामी त्यसलाई नजिकबाट मोनिटरिङ गरिरहेका छौं । नेपालमा अलि बढी प्रभाव पार्ने भए चाहिँ हामीले बुलेटिन नै जारी गर्थ्यौं तर नेपालमा त्यसको खासै ठूलो असर पर्ने देखिँदैन ।’

नेपालमा यसले वर्षा गराउने भन्दा पनि बदली गराउने मौसमविद कँडेल बताउँछिन् । त्यसैको असरले आज कोशी प्रदेश र मधेश प्रदेशमा बादल लागेको छ । ‘आजको बुलेटिनमा पनि हामीले कोशी प्रदेश र मधेश प्रदेशको प्रदेशभरी नै आंशिक बदलीको अवस्था दिएका छौं । त्यो भनेको त्यसकै अप्रत्यक्ष प्रभाव हो,’ मौसमविद कँडेलले भनिन्, ‘अहिले यो बदलीमै सीमित छ । तर एक–दुई दिनपछि भने हल्का वर्षा पनि गराउने सम्भावना छ । तर झमझम पानी पर्ने चाहिँ हुँदैन ।’

चक्रवातको पर–परका बादलहरु बेला–बेलामा कहिलेकांही नेपालको आकाशमाथि आउने र त्यसको असरले आंशिक बदली हुने उनको भनाइ छ ।

बंगालको खाडीबाट बुधबार ८ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरपश्चिमतर्फ अघि बढेको मोखा १३ मे शनिबार देखि गम्भीर चक्रवाती तुफानमा बदलिने भारतीय मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । यो १३ मेको बेलुकीपख चरमस्तरमा पुग्ने र १४ मेको बिहान थोरै कमजोर हुने सम्भावना छ ।

 

भारतीय मौसमविदहरुका अनुसार यो चक्रवाती तुफान बंगलादेश र उत्तरी म्यानमारको तटीय क्षेत्रमा १२० देखि १३० किलोमिटर प्रतिघण्टाको बेगमा बहने छ । त्यसैले बंगलादेश सरकारले तटीय क्षेत्रमा नजान चेतावनीको सन्देश प्रवाह गरेको छ । त्यहाँ प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

यसैगरी भारतका विभिन्न राज्यमा पनि हाईअलर्ट जारी गरिएको छ । यसको प्रभाव क्षेत्रमा तीव्र वेगले हावा चल्ने र भारी वर्षा हुने पूर्वानुमान छ ।

यो चक्रवात जति–जति उत्तरतिर आउँछ त्यति नेपालको नजिक हुन्छ र बढी प्रभाव पर्छ । तर अहिलेसम्म यो चक्रवात बहने दिशा हेर्दा नेपालमा भने ठूलो प्रभाव नपार्ने मौसमविदको भनाइ छ ।

मौसमविद कँडेलका अनुसार आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । आइतबार भने आज र भोलिको तुलनामा अलि बढी पानी पर्ने सम्भावना छ । ‘तराई तिर होइन, पहाडी भूभागमा आइतबार वर्षाको सम्भावना अलि बढी देखिन्छ त्यो पनि छोटो समयमात्र,’ मौसमविद कँडेलले भनिन्, ‘बंगालको खाडीमा बनेको चक्रवातका कारण सतर्कता नै अपनाउन पर्ने गरी भने नेपालमा वर्षा हुँदैन ।’

आइतबार पूर्वी नेपालमा पानी पर्नसक्ने उल्लेख गर्दै मौसमयविद विनोद पोखरेलले पनि ट्वीट गरेका छन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group