ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव


एबीसी न्यूज
१ जेष्ठ २०८०, सोमबार   १ : ५४   बजे

काठमाडौं, १ जेठ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताउनुभएको छ । जनप्रतिनिधि, कर्मचारी, नगरवासीसहित जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारकाबीच आजबाट सुरु गरिएको दुई दिने सचेतना तथा अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डङ्गोलले सो धारणा राख्नुभएको हो ।

जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको कारणमा नेपालको योगदान छैन तर असर भोगिरहेको छ । “बाढीपहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो र गर्मी प्राकृतिक रुपमा बढिरहेका जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा असर गरेको छ । यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकूलन अघि बढ्न आवश्यक छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो ।

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अनुकूलन र न्यूनीकरणका लागि काम गर्नु अहिले सबैको मुख्य जिम्मेवारी हो भन्नुभयो । काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनाउन धेरै पक्षका बीचमा सन्तुलन कायम गराउनुपर्ने भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले सन्तुलन विगार्नेमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष जलवायु परिवर्तन रहेको र यसका असर कम गराउनु अहिलेको प्रमुख दायित्व रहेको बताउनुभयो । दुई दिने कार्यक्रममा कामपाका ३२ मध्ये हरेक वडाबाट दुई वडा सदस्यसहित अन्य जनप्रतिनिधि, कर्मचारी र साझेदार संस्थाका प्रतिनिधि सहभागी रहनुभएको छ । (((

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu