ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरण पछि ओम्नी र बालुवाटार काण्डको पर्दाफास : माओवादी केन्द्र


ABC NEWS
१ जेष्ठ २०८०, सोमबार   ९ : ३२   बजे

काठमाडौँ १ जेठ । नेकपा माओवादी केन्द्र का सचिव तथा सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई टुंगोमा पुर्‍याएपछि अन्य भ्रष्टाचारका प्रकरणमा पनि छानबिन गर्नुपर्ने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई प्रभावित पार्नका लागि अरु प्रकरणको पनि छानबिन गर्नुपर्ने भनेर विषयान्तर गर्न खोजिएको पनि बताए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले एउटा विषयको छानबिन भइरहेको बेला अर्को विषयमा पनि छानबिन गर्नुपर्छ भन्ने विषय उठाएर समस्याको समाधान नहुने बताए । ‘एउटा विषयको छानबिन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर विषयान्तर नगरौँ । भुटानी शरणार्थीको विषय गम्भीरतापूर्वक उठेको छ । सत्यतथ्यलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारलाई सम्बन्धित निकायहरूलाई सहयोग पुर्‍याउनुपर्ने यतिबेलाको हामी सबैको साझा कर्तव्य र दायित्व हो,’ उनले भने, ‘पहिला पनि उठेका थिए कतिपय कुराहरू । ती कुराको पनि क्रमशः छानबिन गर्नेछौं । ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, बालुवाटार प्रकरण, एनसेल प्रकरण, सुन तस्कर प्रकरण पनि उठेका थिए । यी विषयको पनि छानबिन गरौंला ।’

नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने घटना गम्भीर भएको पौडेलको भनाइ थियो । उक्त घटनाको छानबिन भइरहेको अवस्थामा पनि सरकारमाथि प्रश्न उठाइएको भन्दै उनले थपे, ‘मैले त सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु, राम्रो काम गरेको बेलामा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन । भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय होइन । नेपालको नागरिकहरूको साझा विषय हो ।’

राजनीतिक दलहरू साझा संकल्पका साथ भ्रष्टाचाविरुद्ध लाग्नुपर्ने पौडेलको भनाइ थियो । यस्ता विषयमा एक अर्कालाई आरोप प्रत्यारोप गरेर जान नहुने उनले बताए ।

सांसद पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ती शुद्धीकरण विभागजस्ता राज्यका निकायहरू सुस्ताएर बस्न नहुने पनि बताए । ती निकायहरूलाई जवाफदेही, पारदर्शी रूपमा काम गर्न के कुराले रोकेको हो भन्ने विषय पनि उनले उठाएका थिए । कानुन अभाव रहेको हो भने त्यो कुराको अन्त्य गरेर जानुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu