ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म, शेरबहादुर देउवा र केपी ओलीसँगै बस्दा केही आशंका भयो : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
६ जेष्ठ २०८०, शनिबार   ९ : २९   बजे

काठमाडौँ ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन पार्टीका नेताहरू छलफलमा बस्दा यो घटनालाई सामसुम पार्न बसेका हुन् किझैं गरेर नबुझ्न आग्रह गरेका छन् । ‘उनले भने – कहिलेकाहीँ मिडियामा म शेरबहादुर देउवा र केपी ओलीसँगै बस्दा यही विषय सामसुम पार्न खोजेका हुन् कि भन्ने आशंका पनि भयो । जबकी हामी बसेको संसद्को लागि हो । संसद्‍मा वातावरण कसरी सहज बनाउने भन्ने विषयमा नै बसेको हो । मैले पटक पटक भनेको छु यो विषयमा दोषी नछुटोस् र निर्दोष नपरोस् भन्ने बाहेक तीन जना बसेर कहिल्यै पनि कुरा गरेको छैन । कुरा गर्न सक्ने अवस्था पनि छैन । तपाईंहरु बाहिर पनि यस्तो वातावरण बनाउनु भएको छ कि सबै यसमा सजग छौं,’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीहरूलाई कुनै हालतमा नछोड्ने र मुद्दा दर्ता भएपछि पनि थप अनुसन्धानको प्रकिया जारी रहने बताएका छन् ।

कान्तिपुर हाफ म्यारथुनको ११ औं संस्करणको उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले यो प्रकरण अब आम नेपाली र अन्तर्राष्ट्रिय रुपमा पनि चासोमा परिसकेकाले यसबाट कोही पछि हट्न नसक्ने दाबी गरे ।

‘कोही पनि दोषी छुट्दैन र कुनै न कुनै रुपमा त्यो दोष र कमजोरी अघि आउँछ । अदालतमा ६० दिनमा लैजानुपर्ने व्यवस्था अन्तर्गत लैजानै पर्छ । तर पनि कोही दोषी देखिन्छन् भने त्यसको अनुसन्धान प्रक्रिया रोकिन्छ भन्ने बुझेको छैन र रोकिँदैन । यो विषय फेरि नक्कली भुटानी शरणार्थी बनाउने कुरासँग मात्र सम्बन्धित छैन । समग्रमा हामी देशलाई सुशासनको कसरी अघि बढाउने भन्ने कुरासँग पनि सम्बन्धित छ,’ प्रधानमन्त्री दाहाले भने, ‘हामीले भ्रष्टाचार लगायत विकृति विसंगतिहरु नियन्त्रण गर्न कुन इच्छाशक्तिको साथ अगाडि बढ्छौं भन्ने कुरा पनि हो यो ।’

उनले यो विषय देशको अन्तर्राष्ट्रिय छविलाई हामी फेरि कसरी कामय गर्न सक्छौं र विकास गर्न सक्छौं भन्ने प्रश्नसँग पनि जोडिएको बताए ।

‘त्यसैले यो विषय नेपालको पार्टीहरु र सरकारको मात्र रहेन यो आम नेपालीको विषय पनि भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यो विषय गम्भीरतासाथ हेरिएको छ । संयुक्त राष्ट्रसंघदेखि विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था र विदेश शक्ति केन्द्रहरुले पनि यो विषयलाई गम्भीर रुपले हेरेका छन् । त्यसैले मलाई विश्वास छ यो विषय कसैले दायाँबाया गर्ने हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group