ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रलाई कांग्रेसको पत्र : सरकारलाई दिएको समर्थन फिर्ता लिनुहोस्


एबीसी / संवाददाता
१० जेष्ठ २०८०, बुधबार   ७ : ०८   बजे

विराटनगर, १० जेठ । कोशी प्रदेश सरकारमा रहेको नेकपा (माओवादी केन्द्र)लाई हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले औपचारिक पत्र पठाएको छ ।

संघीय गठबन्धनअनुसार कोशी प्रदेशमा गठबन्धन नभएको भन्दै एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन कांग्रेसले माओवादीलाई पत्र पठाएको हो ।

जेठ ४ गते बसेको कांग्रेस संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकारलाई दिएको समर्थन फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो । निर्णय भएको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वोलाई पत्र पठाएका हुन् ।

पत्रमा अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएर गठबन्धन दलहरूको सरकार निर्माण गर्ने वातावरण तयार गर्न आग्रह गरिएको छ । पत्रमा गठबन्धन दलहरूको मर्म र भावनाअनुरूप कोशी प्रदेशमा पनि संघीय गठबन्धनअनुरूप नै सरकार गठन गर्ने वातावरण तयार गर्न आग्रह गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पठाएको पत्र प्राप्त भएको माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए ।

उनले आफूलाई प्राप्त भएको पत्र प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाउने बताए । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन’, उनले भने, ‘यसबारेमा केन्द्रबाट कुनै निर्देशन र सल्लाह भएको छैन । पत्र प्राप्त भएपछि यसबारेको जानकारी पार्टीलाई गराउने छु ।’

बजेट र विधेयकहरू पास गर्ने नगर्ने विषयमा आफैँ निर्णय गर्ने भए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने विषयमा भने केन्द्रको निर्देशन पर्खिने आङ्वोले बताए । उनले पार्टी केन्द्रले दिएको निर्देशन र निर्णयअनुसार प्रदेशले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group