ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिमा जलहरी काण्ड : माफी माग्नुपर्ने एमाले माग, ससंसदीय छानविन गर्नु पर्ने माओवादी अडान


ABC NEWS
१२ जेष्ठ २०८०, शुक्रबार   ४ : ५७   बजे

काठमाडौं १२ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद बैठक अझै सुरु भएको छैन ।

मध्यान्ह बैठक सुरु भए लगतै एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाए । १० जेठमा बोलेका दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए ।

त्यसमा आपत्ति जनाएका एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल छिनोफोनो हुनुपर्ने बताए ।

साथै आफ्ना नेता केपी शर्मा ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नुपर्ने माग गरे ।

सभामुखले यसबारे सरकारले जवाफ दिने भन्दै बैठक सुचारु गर्न सहयोग खोजे । त्यही बेला माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उठेर संसादमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले रोष्टम घेराउ गरे । सभामुखले बैठक स्थगित गरे ।

२० मिनेटका लागि स्थगित भएको बैठक ४ घण्टा वितिसक्दा पनि शुरु हुन सकेको छैन ।
कोषले २०७७ साल फागुन १२ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट १०८ किलोको सुनको जलहरीको पुजाआजा गरेर उद्घान गरेको थियो । तर, २०७७ फागुन ११ गते राती निर्माण सम्पन्न भएको जलहरी मुचुल्कामा भने ९७ किलो मात्रै कायम गरिएको थियो । स्रोतका अनुसार सुनमा तामा मिसाएर ११ किलो सुन गायब पारिएको थियो ।

कोषले पटक पटक प्रधानमन्त्री ओलीकै निर्देशनमा जलहरी राख्ने काम भएको बताउँदै आएको ।

सुन घोटालामा अख्तियारको अनुसन्धानमा रहेका तत्कालिन कोषाध्यक्ष तथा हाल सदस्य सचिव रहेका मिलन कुमार थापाकै मुख्य भूमिका रहेको स्रोतको दाबी ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न बिप्लव हमालद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग

संघको विवादमा पब्जी खेलाडी, एसियाड खेल्ने अवसर गुम्ने जोखिम

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu