ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्रोत नभएका आयोजना गरियो खारेज, सहमति दिएको ९ महिनामा ठेक्का नलगाए पनि खारेज


ABC NEWS
१५ जेष्ठ २०८०, सोमबार   ५ : ५३   बजे

सरकारले स्रोत सहमति नदिएका र पहिलो स्रोत सहमति दिएर पनि ठेक्का प्रकिया अघि नबढाइएका आयोजना सरकारले खारेज गरेको छ। अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्ता घोषणा गरेका हुन्।
आयोजना अघि बढाउन स्रोतको सुनिश्‍चितता नहुने तर राजनीतिक दबाब अर्थ मन्त्रालयबाट स्रोत सुनिश्‍चितता दिने परिपाटीले गर्दा अहिले विगतकै कार्यक्रम कटौती गरिएको हो।
अर्थमन्त्री प्रकाशशरण महतले बजेटको सिद्धान्‍त र प्राथमिकता प्रस्तुत गर्ने क्रममा स्रोत छरेर विनियोजन गर्दा त्यसको प्रभावकारिता नभएको भन्दै नियन्त्रण गर्ने बताएका छन्।
यता निर्माण व्यवसायीहरूले पनि आयोजना समयमा नसक्‍नुको प्रमुख कारण छरिएको बजेट भएको भन्दै सुधारका लागि आग्रह गरेका छन्।
अर्थमन्त्री डा. महतले स्रोत नभएका कुनै पनि आयोजना अघि नबढाउने प्रतिबद्धता यसअघि नै सार्वजनिक कार्यक्रममा गरिरहेका छन्।
तर, विगतमा वर्षहरूमा अर्थ मन्त्रालयले स्रोत सुनिश्‍चितता दिएको तर स्रोत नभएका आयोजनाको संख्या पनि धेरै भएको भन्दै त्यस्ता आयोजनामा खारेजको तयारीमा अर्थ मन्त्रालय टिम लागेको बताइएको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार करिब ६० अर्ब रूपैयाँ बराबरका त्यस्ता आयोजना तत्काललाई प्रणालीबाट खारेज गरिनेछ।
स्रोत नभएका आयोजना सरकारलाई असफल बनाउने र अन्य आयोजनालाई पनि ‘डिस्टर्ब’ गर्ने भन्दै अर्थमन्त्रीले खारेज गर्ने तयारी गरेका थिए। यस विषयमा कुरा गर्न अर्थमन्त्री महतले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको समेत उनले सहमति लिएका थिए।
अर्थमन्त्री महतले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तत गर्दै ‘बजेट विनियोजन गर्दा स्रोतको सीमिततालाई मध्यनजर गर्दै निश्चित आधार र मापदण्ड तयार गरी आर्थिक एवम् सामाजिक लाभ उच्च भएका, बहुसंख्यक जनता लाभान्वित हुने, छिटो प्रतिफल दिन सक्ने र तयारी पूरा भएका आयोजना तथा कार्यक्रम छनौट गरिने विषय उल्लेख गरेका थिए। ।
राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई रकम अभाव हुन नदिजने उल्लेख गरिएको छ।
सरकारसँग अहिले पनि ४ खर्ब बढीको विगतको दायित्व रहेको छ। यस्तो दायित्व घटउानको लागि समयमै अघि नबढाउने आयोजना खारेज गर्ने उल्लेख अर्थमन्त्रीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group