ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा हालसम्मकै धेरै बजेट – ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन


ABC NEWS
१५ जेष्ठ २०८०, सोमबार   ६ : ०८   बजे

काठमाडौं १५ जेठ । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष ९आव० २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

चालु आर्थिक वर्ष २०७९र८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।

यस्तो छ पछिल्लो १० वर्षको कृषि क्षेत्रको बजेट

आव २०७०र७१ –२१ अर्ब ४० करोड
आव २०७१र७२ –२३ अर्ब २८ करोड
आव २०७२र७३ –२१ अर्ब ५१ करोड
आव २०७३र७४ –२७ अर्ब ४३ करोड
आव २०७४र७५ –२४ अर्ब २६ करोड
आव २०७५र७६ –२९ अर्ब ९४ करोड
आव २०७६र७७ –३४ अर्ब ८३ करोड
आव २०७७र७८ –३७ अर्ब ४० करोड
आव २०७८र७९ –४५ अर्ब ०५ करोड
आव २०७९र८० –५५
अर्ब ८९ करोड

कृषि बजेटका प्रमुख विशेषताः

पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गरिने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट ५८ अर्ब ९८ करोड बजेट विनियोजन ।
जीडीपीमा कृषि क्षेत्रको योगदान बढाइने ।
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने ।
१०० स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने ।
रासायनिक मलमा दोब्बर बजेट ।
मल, बिउ र बिमा बाहेकका सबै कृषि अनुदान अब उत्पादन पछि मात्रै ।
धरान, सिन्धुली, धनुषा, सिरहा र सुर्खेतका थोक तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला खोलिने ।
उत्कृष्ट किसानलाई कृषकलाई ‘राष्ट्रपति उत्कृष्ठ किसान’ सम्मन दिइने ।
एक सय स्थानिय तहमा पोषिलो घाँसे बाली विकास गरिने ।
कृषिमा पनि युवा स्टार्टअब विकास गरिने कृषिमा युवा परिचालन गर्न एक अर्ब २० करोड बजेट ।
कृषि बीमामा बजेट विनियोजन ।
किसानको बाली बाँदर लगायतका जंगली जनावरबाट बचाउन तारबार गर्न बजेट बिनियोजन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu