ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा नक्कलीका नाइकेको बयान हुँदैगर्दा झापामा सक्कली शरणार्थीको स्वदेश फर्किने आशा


एबीसी न्यूज
१६ जेष्ठ २०८०, मंगलबार   १२ : १९   बजे

बिर्तामोड १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालको बुधबारबाट सुरु हुन लागेको भारत भ्रमणका क्रममा स्वदेश फिर्ताको मुद्दालाई समेत समावेश गरिदिन भुटानी शरणार्थीले माग गरेका छन् । काठमाडौंमा उच्चपदस्थ राजनीतिक नेता तथा कर्मचारीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा बयान चलिरहेका बेला झापाका शिविर सक्कली भुटानी शरणार्थीलार्ई अझै पनि स्वदेश फर्कन पाउने आशाले छाडेका छैन ।

स्वदेश फिर्तीको माग गर्दै आएको भुटान स्वतन्त्र जनमञ्चले विज्ञप्ति जारी गरी भुटानी शरणार्थीको स्वदेश फिर्तीको विषयमा समेत प्रधानमन्त्री प्रच्ण्डलाई भारत सरकारका प्रतिनिधिसँग छलफल गर्न आग्रह गरेको हो ।

मञ्चले भारतसँग छलफल गरी भुटानी शरणार्थी स्वदेश फिर्तीका लागि नेपाल र भुटान सरकारबीच वार्ता–छलफलको वातावरण बनाउन आग्रह गरेको मञ्चका महासचिव धनबीर (डीबी) सुब्बाले जानकारी दिए ।

भुटानी शरणार्थीहरु ३० वर्षदेखि पूर्वी नेपालको झापा र मोरङका शिविरमा शरणागत छन् । एक लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, अष्ट्रेलियालगायत ८ वटा पश्चिमा देशमा पुनर्वास कार्यक्रमअन्तर्गत गएका छन् । झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा गरी नेपालमा ६ हजार ५ सय भुटानी शरणार्थी बसोबासरत रहेको सुब्बाले जानकारी दिए ।

मञ्चले भुटानी शरणार्थीको नाममा विभिन्न आपराधिक गतिविधिहरु भएकोप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ । आपराधिक गतिविधिको नाममा भुटानी शरणार्थीको स्वदेश फिर्तीको अधिकार र चाहनामाथि कुनै आँच पुग्न नहुनेमा जोड दिएको छ । मञ्चले शिविरमा हाल रहेकामध्येबाट आत्मसम्मानपूर्वक स्वदेश फर्कन चाहानेहरुको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको समेत उल्लेख गरेको छ ।

साथै, मञ्चले भुटानी शरणार्थीको समस्याको दीर्घकालीन समाधानका लागि ‘सम्मानजनक स्वदेश फिर्ती’ को विकल्प अगाडि बढाउनका लागि आवश्यक वार्ता, छलफल, नीति निर्णय र निर्देशनजस्ता ठोस पहल गरिदिन समेत आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group