ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तल्लो अरुण र फुकोट कर्णाली विद्युत् उत्पादन भारतीय कम्पनीले गर्ने सम्झौतामा हस्ताक्षर


ABC NEWS
१८ जेष्ठ २०८०, बिहिबार   १ : ५४   बजे

काठमाडौं १८ जेठ । नेपालले तल्लो अरुण जलविद्युत आयोजना र फुकोट कर्णाली जलविद्युत् आयोजना पनि भारतलाई दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा तल्लो अरुण जलविद्युत आयोजना र फुकोट कर्णाली जलविद्युत् आयोजना दुई परियोजना भारतीय कम्पनीले निर्माण गर्ने सम्झौता भएको हो।

दिल्लीस्थित हैदरावाद हाउसमा प्रचण्ड र मोदीको उपस्थितिमा ४८० मेगावाटको फुकोट कर्णाली र ६७९ मेगावाटको तल्लो अरुण परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो।

४८० मेगावाटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना हो। ६७९ मेगावाटको तल्लो अरुण परियोजना पनि अब भारतले बनाउने पक्का भएको हो। अरुण तेस्रो पनि अहिले भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको छ।

लगानी बोर्डले यी दुई परियोजना विकास गर्ने निर्णय सहित लगानी स्वीकृत समेत गरेको थियो। चैत १३ गते लगानी बोर्डको बैठकले अर्धजलाशययुक्त फुकोट कर्णाली आयोजनामा ५१ प्रतिशत भारतीय कम्पनी एनएचपीसीले लगानी गर्ने निर्णय गरेको थियो। त्यसमा नेपालको विद्युत उत्पादन कम्पनी लिमिटेडको ४९ प्रतिशत लगानी रहने छ।

यो आयोजना निर्माणको लागि ९३ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसको क्षमता ४ सय ८० मेगावाट छ। उत्पादित बिजुली भारत निर्यात हुने छ।

लगानी बोर्डको सम्झौता अनुसार यो आयोजनाबाट नेपालले २१ दशमलव ९ प्रतिशत विद्युत निशुल्क पाउने गरी भारतीय कम्पनीसँग सम्झौता गरिएको हो।

त्यस्तै, बोर्डले तल्लो अरुण आयोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँको लगानी स्वीकृत गरेको थियो। गत चैतमा नै लगानी स्वीकृत गरेको थियो।

६ सय ७९ मेगावाटको यस परियोजना यसअघि नै डीपीआर तयार गर्ने समझदारी भएको थियो। बिहीबार दिल्लीमा निर्माण सम्झौता नै भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu