ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे


एबीसी न्यूज
१९ जेष्ठ २०८०, शुक्रबार   २ : १२   बजे

प्रधानमन्त्रीले गरे बाबा महाकालको दर्शन, चढाए १०८ केजी रुद्राक्ष
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो हिन्दुहरुले मान्ने १२ ज्योतिर्लिङ्गमध्ये एक महाकाल मन्दिरको दर्शन गरेका छन्

शुक्रबार नयाँदिल्लीबाट जहाजमा इन्दौर उत्रिएपछि सडकमार्ग हुँदै उज्जैन पुगेर प्रचण्डले महाकाल मन्दिरको दर्शन गरेका हु्न।

उनले महाकाल मन्दिरमा आठ वटा लगेजमा राखेर लगिएको १०८ केजी रूद्राक्षले पनि विशेष पूजा गरेका छन्।

नेपालमै उत्पादित काठमाडौंबाट लगिएको विशेष प्रकारको १०८ केजी रूद्राक्षले उक्त मन्दिरमा पूजा गर्ने तालिका थियो। त्यसक्रममा उनलाई मन्दिरका पुजारीहरुले स्वागत गरेका छन्।

१२ ज्योतिर्लिङ्गमध्ये एक उक्त महाकालेश्वर मन्दिरमा पूजाअर्चनाअघि उनलाई सांस्कृतिका कार्यक्रमसहित स्वागत गरिएको थियो।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्था हेरफेर गरेर ६ घन्टासम्म सर्वसाधारणलाई पूजामा रोक लगाइएको थियो।

शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनलाई प्रवेश निषेध गरिएको हो।

त्यस अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्रै गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा मिलाइएको छ।

महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले पूजा गर्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि स्वागतमा पुगेका थिए।

 

उनले प्रधानमन्त्री प्रचण्डलाई देवी अहिल्याको पवित्र नगर र भारतको सबैभन्दा स्वच्छ शहर इन्दौरमा हृदयबाटै स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। मुख्यमन्त्री चौहानले बाबा महाकालको दर्शन गरेर नेपालका जनताको कल्याण र विकासको आशीर्वाद लिन पनि प्रचण्डलाई भनेका छन्।

‘म बाबा पशुपतिनाथसँग प्रार्थना गर्छु, दुवै राष्ट्र सदैव विकास, कल्याण र आपसी सद्भावको पथमा निरन्तर प्रगति गरुन्।’

चौहानले नेपाल र भारतको सभ्यता र संस्कृति पनि एकै रहेको बताएका छन्।

‘नेपाल र भारत प्राचीन राष्ट्र हुन्। हाम्रो समृद्ध इतिहास रहिआएको छ’, उनले भनेका छन्, ‘कयौँ पटक लाग्छ कि शरीर दुई छन् तर हाम्रो संस्कृति, सभ्यता र संस्कार एकै छ।’

उनले बाबा पशुपतिनाथको नगरी काठमाडौंदेखि बाबा महाकालको नगरी उज्जैनसम्म साझा विरासत रहेको पनि बताएका छन्।

‘मध्यप्रदेशवासी अभिभूत छौँ, आफ्नो मित्र राष्ट्र नेपालका प्रधानमन्त्री प्रचण्डजीको स्वागत गर्न पाउँदा’, उनले भनेका छन्, ‘आज हामीले मध्यप्रदेशको गौरवशाली परम्पराका रुपमा माननीय प्रधानमन्त्री प्रचण्डको स्वागत गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu