ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको ओडिसामा भएको रेल दुर्घटनामा परेकाको उद्धार सकियो


एबीसी न्यूज
२१ जेष्ठ २०८०, आइतबार   १२ : ३६   बजे

काठमाडौं, २१ जेठ । भारतको ओडिसामा रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएको छ । ओडिसामा शुक्रवार बेलुका भएको दुर्घटनामा अहिलेसम्म २ सय ८८ जनाको ज्यान गएको छ ।

आठ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको उद्धारकर्मीले बताएका बीबीसी हिन्दीले जनाएको छ । उद्धारको काम सकेर दुर्घटनास्थलमा पुनर्निर्माणको काम सुरु भएको रेल मन्त्रालयले जनाएको छ ।

दुई वटा रेल एकआपसमा ठोक्किएका थिए । ती रेलमा झण्डै दुई हजार जना यात्रु थिए । हिजो प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको भ्रमण समेत गर्नुभएको थियो । त्यसक्रममा उहाँले घटनामा दोषी पाइएकालाई कडा सजाय दिइने प्रतिबद्धता जनाउनुभएको छ ।

भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क छ । सरकारले पूर्वाधार सुधार गर्न अर्बौँ लगानी पनि गरिरहेको छ । तर भारतमा रेल दुर्घटनाहरू सामान्य जस्तै बनेका छन् । यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो । त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्रयाकबाट नदीमा खस्दा कम्तीमा ८ सय जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group