ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुलीको माग अहिलेसम्मकै धेरै २ हजार मेगावाट पुग्यो, भारतबाट ५ सय मेगावाट आयात


एबीसी न्यूज
२४ जेष्ठ २०८०, बुधबार   ७ : ४५   बजे

काठमाडौं, २४ जेठ । नेपालमा बिजुलीको माग बढेर अहिलेसम्मकै धेरै दुई हजार मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो तीन दिनदेखि ुपिक आवरु अर्थात् सबैभन्दा धेरै बिजुली खपत हुने बेलुकाको समयमा दुई हजार मेगावाट बिजुलीको माग रहेको छ ।

तीन दिनयता अधिकतम माग नघटेको र उल्टै बढिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । चर्को गर्मीका कारण देशभर उच्च क्षमताका एसी, पङ्खा र फ्रिज चलिरहेको र यही बेलामा औद्योगिक माग पनि बढेकाले बिजुलीको खपत उच्च भएको उहाँको भनाइ छ । एसी र पङ्खा धेरै चल्दा माग धान्न नसकेर तराईका धेरै ठाउँमा झ्याप्प–झ्याप्प बिजुली जाने क्रम बढेको पनि भट्टराईले बताउनुभयो ।

माग बढ्दा विद्युत् प्राधिकरणलाई बिजुलीको जोहो गर्न हम्मे–हम्मे परेको छ । अहिले प्राधिकरण माताहतका कम्पनी र निजी क्षेत्रले बनाएका आयोजनाबाट ११ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । दिउँसोको समयमा भारतबाट पाँच सय मेगावाट आयात भइरहेको पनि प्रवक्ता भट्टराईले बताउनुभयो । दिउँसो भारतबाट सस्तोमा बिजुली आयात गर्ने र नेपालका आयोजनालाई कम क्षमतामा चलाउने र बेलुका पूर्ण क्षमतामा चलाउने गरिएको छ । माग उच्च हुने साँझको समयमा विद्युत् प्राधिकरणका जलाशय र अर्धजलाशयुक्त आयोजनालाई पूर्ण क्षमतामा चलाउने गरिएको प्राधिकरणले जनाएको छ । कुलेखानी, कालीगण्डकी, मध्य मर्स्याङ्दी, माथिल्लो तामाकोसीलगायतका सबै आयोजना साँझको समयमा उच्च क्षमतामा चलाउने गरिएको उहाँले बताउनुभयो ।

जेठको पहिलो हप्ता देशभर पानी परेकाले खोलारनदीमा पानीको बहाव बढ्दा बिजुली उत्पादन पनि बढेको थियो । त्यति बेला नेपालमा बिजुली धेरै भएर भारतलाई बिक्री भएको थियो तर अहिले सुक्खा लागेसँगै खोलारनदीमा पानीको बहाव निकै घट्दा प्राधिकरणलाई बिजुलीको माग धान्न मुस्किल परेको हो । ‘पानी पर्नासाथ हामीकहाँ बिजुली उत्पादन बढ्छ र हाम्रो मागभन्दा पनि धेरै उत्पादन हुन्छ, तर खडेरी पर्‍यो भने उत्पादन कुल क्षमताको ३० प्रतिशतसम्म झर्ने हुनाले व्यवस्थापन गर्न गाह्रो भएको हो’, प्रवक्ता सुरेशबहादुर भट्टराईले भन्नुभयो ।

नेपालका धेरैजसो जलविद्युत् आयोजना बगिरहेको पानीमा आधारित हुँदा खोलारनदीमा पानी धेरै हुँदा बिजुली उत्पादन बढ्ने र कम हुँदा उत्पादन घट्ने गरेको छ । नेपालमा सम्पन्न भएका जलविद्युत् आयोजनाको उत्पादन क्षमता तीन हजार मेगावाट पुगेको छ । तर अहिलेको यो खडेरीमा जम्मा ११ सय मेगावाटमात्रै उत्पादन भइरहेको छ । बर्खामा बिजुली उत्पादन धेरै भएर खेर जाने र हिउँद तथा खडेरीको समयमा बिजुली नपुग्ने समस्याको अन्त्यका लागि जलाशययुक्त आयोजनाको निर्माणमा सरकारले जोड दिइरहेको छ । जलाशययुक्त आयोजना भएमा बाँधमा पानी जम्मा गरेर बिजुली उत्पादन हुने भएकाले खडेरीमा पनि पूर्ण क्षमतामै बिजुली उत्पादन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group