ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने कुरा गलत : शंकर पोखरेल


ABC NEWS
२९ जेष्ठ २०८०, सोमबार   ५ : ११   बजे

काठमाडौँ २९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने कुरा गलत रहेको बताएका छन् । साथै पुराना पार्टीमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी एमाले नै रहेको उनको भनाइ छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति स् अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नु गलत रहेको बताएका हुन् ।

नेकपा एमालेले हालै पार्टीमा ७० वर्षे उमेरहद हटाएसँगै अध्यक्ष केपी ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुलाएको भन्दै टिप्पणी पनि भएको छ । सोही निर्णयप्रति लक्षित गर्दै नेता पोखरेलले यस्तो बताएका थिए ।

नेकपा एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गरेका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको बताए । यस क्रममा उनले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको पनि बताएका थिए ।

साथै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको उनको भनाइ थियो । ‘नेकपा एकीकृत समाजवादी का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत उहाँलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा हामीले उमेरहद स्थगन गरेका छौँ । तर त्यसले नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी हो भन्ने कुराका सन्दर्भमा प्रश्न उठाउनुपर्ने विषय नै होइन । नेपालका पुराना राजनीतिक दलहरुमध्ये सबैभन्दा धेरै नेतृत्वमा बदलाव ल्याउने दलका रुपमा नेकपा एमाले छ । चाहे नेपाली कांग्रेससँग तुलना गर्नुहोस् वा चाहे नेपालका अन्य कम्युनिस्ट पार्टीहरुका बारेमा,’ नेता पोखरेलले भने ।

यस्तै पुष्पकमल दाहाल २०४५ सालदेखि लगातार प्रमुख पदमा रहेको सन्दर्भ जोड्दै उनले एमालेमा ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रमुख बनेको बताए ।

‘एकतातिर एक जना मात्रै नेता, अर्कोतिर ५ जना नेता भएको पार्टी हो, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन, ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधि रोकिने भन्ने होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group