ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद


एबीसी न्यूज
५ असार २०८०, मंगलबार   १२ : ४८   बजे
काठमाडौं, ५ असार । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ । मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका छन् ।
धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा गरी धर्मशाला सञ्चालनमा ल्याउनुपर्ने  जनाउँदै श्री मनकामना माई गुठीका गुठियार र स्थानीयवासीले विरोध गरेको स्थानीयवासी दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
मनकामना क्षेत्र विकास समितिले मन्दिरको गुरुयोजनामै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको भन्दै पुनः व्यक्तिलाई दिएर व्यवसाय सञ्चालन गर्न खोज्नु गलत भएको स्थानीयवासीको भनाइ छ । मनकामना गुठीले यही असार २ गते होटल सञ्चालनका लागि भन्दै गरिएको बोलपत्र रद्द गर्न गुठी संस्थानलाई पत्र पठाएको मनकामना गुठीका प्रमुख भीमबहादुर श्रेष्ठले बताउनुभयो ।
“धर्मशाला हाल जीर्ण भइसकेको र विसं २०७२ को भूकम्पपश्चात प्राविधिक जाँचका क्रममा रातो चिह्न लगाई जोखिमपूर्ण निर्धारण भएको भन्दै धर्मशालालाई पुनःनिर्माण गर्नुपर्ने भनेर संस्थानलाई जानकारी गराइसकिएको भए पनि मर्मत गर्नुको साटो उल्टै पुनः बोलपत्रको आह्वान गर्नु सरासर जनमतको खिलाफ हो”, मनकामना गुठीले संस्थानलाई पठाएको पत्रमा भनिएको छ ।
पत्रमा भवनलाई पुनः व्यापारिक प्रयोजनमा ल्याउन खोजे मनकामना गुठी परिवार तथा सम्पूर्ण जनसमुदाय कडा प्रतिकारमा उत्रन बाध्य हुने उल्लेख गरिएको छ । विसं  २०७२ को गोरखा भूकम्पपछि मनकामना मन्दिर जीर्णोद्वारसँगै धर्मशालालाई पनि धर्मशालाकै रूपमा विकास गरी भक्तजनलाई सेवा सुविधा दिने गरी गुरुयोजना तयार भएको स्थानीयवासीको भनाइ छ ।
गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलका रूपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीवासीकोे अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने श्रेष्ठले बताउनुभयो ।
चौतर्फी विरोध हुँदा पनि गुठी संस्थान यस विषयमा मौन बस्नु झनै शङ्कास्पद देखिएको उद्योग वाणिज्य सङ्घ मनकामना एकाइका अध्यक्ष हरि श्रेष्ठले बताउनुभयो । उहाँले धर्मशालालाई पुनःनिर्माण गरी धर्मशालाकै रूपमा सञ्चालन गर्नुपर्ने भन्दै अब कुनै हालतमा अन्य व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नदिने बताउनुभयो ।
गएको ४० वर्षदेखि धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको थियो । संस्थानले व्यवसाय सञ्चालन गर्न जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा होटल सञ्चालन गर्न नहुने भन्दै विरोध सुरु गरेका हुन् । गुठी संस्थानले मासिक न्यूनतम रु एक लाख भाडा तिनुपर्ने गरी धर्मशालामा व्यवसाय सञ्चालनका लागि बोलपत्र आह्वान गरेको हो ।
‘विवादको साटो मेलमिलापको बाटो’
गोरखा नगरपालिकाले नगरपालिकाभित्रका ५० जनालाई आधारभूत मेलमिलाप तालिम प्रदान गरेको छ । वडास्तरमा हुने गरेका सानातिना विवादलाई स्थानीयस्तरमै हल गर्न भूमिका खेल्न मेलमिलापकर्ताहरूलाई कानुनी ज्ञानसहित आधारभूत मेलमिलाप तालिम प्रदान गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
नगरभित्रका १४ वटै वडाले छनोट गरेर पठाएका मेलमिलापकर्ता प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्र नेपालको प्रविधिक सहयोगमा तालिम प्रदान गरिएको उहाँले  बताउनुभयो । ‘विवादको साटो मेलमिलापको बाटो’ भन्ने नारासहित सोमबारदेखि सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन भएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।
“गाउँघरमा हुने सामान्य खालका विवादलाई स्थानीयस्तरमै मिलाउनका लागि मेलमिलापकर्तालाई तालिम दिइएको छ”, उहाँले भन्नुभयो, “उनीहरूलाई कसरी विवाद समाधान गर्ने र कानुनी उपचार विषयलगायतका सवालमा पनि जानकारी प्रदान भएको छ ।”
साना विवाद समयमा समाधान हुन नसक्दा पछि झनै ठूलो र झन्झटिलो बन्न सक्ने भएकाले गाउँमै समाधान गर्न सक्ने गरी मेलमिलापकर्तालाई सक्षम बनाउन तालिम प्रभावकारी भएको उहाँले बताउनुभयो । नगरप्रमुख रानामगरले मेलमिलापसम्बन्धी आधारभूत तालिम लिएका मेलमिलापकर्तालाई गोरखा नगरपालिकालाई न्यायिक, नमूना र उदाहरणीय नगरपालिका बनाउन पहल गर्न आग्रहसमेत गर्नुभयो ।
तालिममा सहभागी मेलमिलापकर्तालाई चार जनाले प्रशिक्षकले नेपालको अहिलेको ऐन, कानुनलगायतका विषयमा अभिमुखीकरण प्रदान गरेको थिए । सहभागीले मेलमिलापसम्बन्धी आधारभूत ज्ञान प्राप्त गरेपछि उनीहरूबाट स्थानीय विवादलाई वडास्तरबाट नै निरुपण गर्न सजिलो हुने नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले बताउनुभयो । तालिममा सहभागीलाई सोमबार एक कार्यक्रममा बीच नगरप्रमुख रानामगरले प्रमाणपत्र वितरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group