ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको सरकारलाई सुझाव : निर्माणाधिन जलविद्युत आयोजनाहरु छिटो सम्पन्न होस्


admin
२ श्रावण २०७४, सोमबार   २ : २९   बजे

काठमाडौं २ साउन ।  सत्ता साझेदार नेकपा माओवादी केन्द्रले निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई छिटो सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ ।

माओवादी केन्द्रले विद्युत उर्जाको बढ्दो मागलाई सम्बोधन गर्न पनि निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टीको जलस्रोत तथा उर्जा विभागले सोमबार सार्वजनिक गरेको जलस्रोत तथा उर्जा सम्बन्धि नीति तथा कार्यक्रममा विद्युत माग १३ सय मेघावाटको हाराहारीमा रहेको उल्लेख गर्दै त्यसलाई पूर्ति गर्न पनि सरकारले निर्माणाधिन जलविद्युत आयोजना सम्पन्न गर्न ढिलाई गर्न नहुने सुझाव दिइएको छ ।
नेपालमा हाल ८ सय २३ मेघावाट मात्रै विद्युत उत्पादन हुने गरेको छ । पार्टीले विद्युत उत्पादनका लागि राष्ट्रिय पुँजी नै पर्याप्त रहेको निष्कर्ष पनि निकालेको छ ।

राष्ट्रिय हितलाई सर्वोपरी ठानेर विद्यु्त उत्पादन गर्ने गरी जलस्रोत तथा उर्जा सम्बन्धि नीति तथा कार्यक्रम ल्याइएको पार्टीका नेता लिलामणि पोखरेलले जानकारी दिनु भयो । उहाँले उर्जा संकट समाधान गर्न पार्टीले तय गरेको नीति तथा कार्यक्रम उपयोगी हुने दावी समेत गर्नु भयो ।

माओवादी केन्द्रले उर्जा संकट समाधान गर्न अन्तरदेशीय प्रशारण लाईन निर्माण, आन्तरिक प्रशारण लाईन निर्माणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याएको छ ।
नेपालमा जलविद्युत उत्पादन गर्न थालिएको १ सय ६ वर्ष पुरा भएपनि हालसम्म ८ सय २३ मेघावाट मात्रै विद्युत उत्पादन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group